www.tandavnews.com
Fact ~ In search of truth

भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सकियो,अब लाइभ

काठमाडौं ।

नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्ड सकिएको छ ।

आइतवारको अन्तिम  ब्याटल राउण्डको समापन सँगै अब अर्को सातादेखि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्ड शुरु हुनेछ ।

Batas

ब्याटल राउण्डबाट छनौट हुन सफल भएका ३२ जना प्रतियोगीहरुबिच लाइभ राउण्डमा कडा प्रतिस्पर्धा हुनेछ । ब्याटल राउण्डमा छनौट भएका ६ जना र स्टील गरिएका २ जना गरि प्रत्येक टिममा ८ जना प्रतियोगीहरु छनौट हुन सफल भएका छन् ।

लाइभ राउण्डमा प्रत्येक निर्णायक तथा कोचहरुको टिमबाट ८ जना प्रतियोगीहरुले पालैपालो आफ्नो गायन कला देखाउनेछन् । सो राउण्डमा प्रत्येकले छुट्टा छुट्टै आफ्नो गायनकला देखाउने छन ।

आयोजक भ्वाइस अफ नेपालले लाइभ राउण्डमा जान सफल भएका सबै प्रतियोगीहरुलाई र भ्वाइस अफ नेपाल’ हेर्ने सम्पूर्ण दर्शकहरुका साथ समस्त नेपालीहरुलाई बडा दशैंको शुभकामना व्यक्त गरेको छ ।

नेपालमा अहिले सम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.