www.tandavnews.com
Fact ~ In search of truth

प्रवेश शुल्क फिर्ता लिन ट्रेकिङ एजेन्सिजकाे माग

काठमाडौँ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज जारी गरेको विज्ञप्तिमा सरकारले पूर्व जानकारीविना एक्कासि वृद्धि गरेको उक्त शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ ।

Batas

स्वदेशी पदयात्रीलाई निःशुल्क प्रवेश दिँदै आएकामा सरकारले हालै अब रु १०० तिर्नुपर्ने, दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकलाई प्रवेश शुल्क रु २०० बाट वृद्धि गरी एक हजार पु¥याएको छ । सार्क मुलुक बाहिरका पर्यटकका लागि रु दुई हजार २६० बाट रु तीन हजार पु¥याएको टानले जनाएको छ ।

सरकारले शुल्क बढाउन अगाडि छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यावहारिक हुने जनाउँदै टानले शुल्क वृद्धिले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कठिन हुने जनाएको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.