www.tandavnews.com
Fact ~ In search of truth

KIEC ‘रोड शो टु पोखरा’ वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित

वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी काठमाण्डौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी पोखरा शाखाले पञ्चकोशी एडुटेक नेटवर्क प्रालिको सहजीकरणमा ‘रोड शो टु पोखरा’ कार्यक्रमको आयोजना गरेको छ ।

जेठ ४ गते शुक्रबार मनसोना स्क्वायर, न्यूरोडमा विहान १० बजे देखि दिउँसो २ बजे सम्म कार्यक्रमको आयोजना गरेको हो । क्यूइएसी, आइसिइएफ, युएस, एटिसि बाट सर्टिफाइड काउन्सिलहरुको प्रत्यक्ष सहभागितामा विद्यार्थीहरुले आफू जानचाहेको देश र अध्ययन प्रकृयाबारे जिज्ञासा राख्न पाउने काठमाडौं इन्फोसिस पोखरा शाखाका मेनेजर अर्जुन गुरुङले बताए । यसै सन्दर्भमा कार्यक्रमको बारेमा गुरुङसँग गरिएको कुराकानीको सार:

‘रोडशो टु पोखरा’कार्यक्रमको आयोजनागर्नुको मुख्य उद्देश्य के ?

Batas

काठमाण्डौं इन्फोसिसले विगत १२ वर्ष देखि वैदेशिक उच्च शिक्षाका लागि जान चाहने विद्यार्थी लक्षित परामर्श दिँदै आएको छ । हाल इन्फोसिसको देशभरका मुख्य सहरहरु काठमाडौं, वुटवल, चितवन, विरगञ्ज, विर्तामोडमा हाम्रो शाखा कार्यालय स्थापना भएका छन् । त्यहाँ देशव्यापी निशुल्क शैक्षिक परामर्श उपलब्ध गराउने हेतुले ‘रोड शो टु’ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मान्यता प्राप्त विश्वविद्यालयका सर्टिफाइड काउन्सिलहरुद्वारा प्रत्यक्ष विद्यार्थीले आफू जान चाहेको देश र अध्ययन प्रक्रियाको बारेमा जानकारी लिन पाउने छन् ।

कुन–कुन देशका विश्वविद्यालय/कलेजसँग समन्वय गरि काम गर्नु भएको छ ?

हामीले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका अष्ट्रेलियाका विभिन्न २० भन्दा बढी युनिभर्सिटीसँग प्रत्यक्ष सम्बन्धन राखी काम गर्दै आएका छौं । जसमा अष्ट्रेलिया युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी, डब्लुएसयु, युएसयु, भियु, एससियु, युएससि, फेडेरेसन युनिभर्सिटी, सिक्युयु, इसियु, युटिएएस, सिडियु, जेसियु, युडब्लुए, ला ट्रोवे युनिभर्सिटी लगायत आदि युनिभर्सिटी रहेका छन् । त्यस्तै कलेजहरुमा पनि अष्टेलियाका ८० भन्दा बढी कलेजहरुसँग पनि हामीले समन्वय गरि काम गर्दै आएका छौं ।

न्युजिल्याण्ड तर्फ पनि विद्यार्थीको विशेष आकर्षण रहेको हुँदा हामीले न्युजिल्याण्डका विभिन्न १२ भन्दा बढी विश्वविद्यालय र कलेजसँग सम्बन्धन लिई विद्यार्थीलाई सेवा दिँदै आएका छौं । युकेमा पनि हामीले विद्यार्थीलाई शैक्षिक परामर्श साथै भिसा प्रोसेसिङको लागि सेवा दिँदै आएका छौं । युकेका ७ भन्दा बढी विश्वविद्यालय र कलेजहरुमा हामीले प्रत्यक्ष रुपमा समन्वय गरेका छौं । त्यस्तैगरी अमेरिकाका १०० भन्दा बढी विश्वविद्यालय र कलेजहरुसँग हामी सम्पर्कमा रही विद्यार्थीहरुको रोजाईमा रहेका उत्कृष्ट विश्वविद्यालय र कलेजहरुमा अफर गर्ने गरेका छौं । हामीले जापान, युरोप (पोल्याण्ड, फिनल्याण्ड, साइप्रस) र भारतका पनि ख्याति प्राप्त कलेजहरुमा भाषा तथा विश्वविद्यालयका कोर्षहरुमा परामर्श दिँदै आएका छौं ।

कार्यक्रममा विद्यार्थीहरुका लागि कस्ता शैक्षिक कार्यक्रमहरु अफर गर्ने तयारीमा हुनुहुन्छ ?

अष्ट्रेलियाको लागिन र्सिङ, एकाउन्टिङ, आईटी, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, कुकरी, डेन्टल, सोसियलवर्कका विषयहरुमा डिप्लोमा, एड्भान्स डिप्लोमा, ब्याचर्लस र माष्टर डिग्रीका कार्यक्रमहरु साथै जापानको लागि भाषाका कोर्षहरुमा अफर गर्ने गरेका छौं । यस कार्यक्रममा पनि नयाँ केही परिमार्जित कोर्षहरुका साथ प्रस्तुत हुँदै छौं ।

विदेश पढ्न जान चाहने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?

विद्यार्थीले आफू जानचाहेको देशको बारेमा पर्याप्त जानकारी राख्ने, आफू जान चाहेको कलेज र त्यहाँ पढिने विषयको बारेमा जानकारी लिने, पढाई खर्च र बसाई साथै अन्य खर्चका बारेमा यथेष्ट जानकारी लिई अभिभावकसँग सल्लाह गर्ने । म पढ्न गएको हुँ र पढेपछि स्वदेश मै फर्कीसिकेको ज्ञान र सीपलाई नेपालमै विषयगत क्षेत्रमा कार्यान्वयन गर्छु भन्ने लक्ष्य राख्न सल्लाह दिन्छु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.