www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका सबै वडा कार्यालयबाट कर सङ्कलन शुरु

पोखरा ।

पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो ।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नं २७, २९,३०, ३१ बाट कर सङ्कलन शुरु भएको छ । उहाँका अनुसार वडा नं ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजश्वलगायत सबै कर तिर्न सकिनेछ ।

Batas

महानगरपालिका कार्यालयमा कर सङ्कलन हुँदा जनतालाई कष्टकर हुनुको साथै बढी भीड हुने गरेको कारण सर्वसाधारणले जुनसुकै वडामा राजश्व बुझाउने व्यवस्था गरिएको बताउँदै उहाँले वडा नं १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर सङ्कलन शुरु गरिने जानकारी दिए ।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरी महानगरले कर सङ्कलन शुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल बताउछन् ।

असोज महीनाको ५ गते राजपत्रमा कर सम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर सङ्कलन शुरु गरेको हो । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.