www.tandavnews.com
Fact ~ In search of truth

‘राम्रो गर्न सके फुटबल खेलेरै भविष्य बन्छ’

पोखरा
ताण्डव न्यूज ।

१. तपाई फुटबल क्षेत्रमा कसरी आउनुभयो ?

मैले १२ वर्षको उमेरमा पहिलो पटक टोलमा फुटबल खेलें । त्योभन्दा पहिला पनि फुटबलको बारेमा थाहा थियो तर खेल्ने मौका पाएको थिइन् । एक दिन एक जना दाइले खेल्ने हो भनेर सोध्नु भयो मैले पनि हुन्छ भने । त्यस दिनबाट यात्रा सुरु भयो ।

Batas

त्यो बेला घरमा आमाले खेल्न दिनु हुन्थेन तर म लुकीलुकी खेल्न जान्थेँ । यतीसम्म कि घरमा थाहा हुन्छ भनेर मैले नामनै फेरेर फुटबल प्रतियोगितामा भाग लिए । एक दिन आफ्नो टोलबाट त्यसरी नै नाम फेरेर (राजेन्द्र श्रेष्ठ) राखेर प्रतियोगितामा भाग लिए । हामी फाइनलमा पुग्यौ । त्यो खेल हेर्न बुवा पनि पुग्नु भएको रहेछ । निकै डर लाग्यो तर घर पुगेपछि बुवाले खेलसँगै पढ्नु पर्छ भन्नु भयो । तर आमालाई फुटबल चित्त नै परेको थिएन ।

स्थानीय प्रतियोगितामा भाग लिने जित्ने क्रम जारी भयो । एक पटक प्रिन्सेस कप १३ वर्षमुनि (यू–१३) को छनोट थियो । स्न १९८५ बैङककमा खेलेर आए । त्यसपछि आमाबुवाले पनि छोरा त खेलेर विदेश पनि गएर आयो भन्नि भयो । त्यस दिनदेखि आमाले पनि गाली गर्न छोड्नु भयो र सपोर्ट गर्न थाल्नु भयो । यसरी स्थानीय, वि डिभिजन हुदै ए डिभिजन पनि खेले ।

२. तपाईको खेलाडी हुँदाको अनुभव सुनाउनुहोस् न ?

स्थानीय, राष्ट्रिय हँुदै अन्तर्राष्ट्रिय खेल पनि खेलियो । आफ्नो देशको लागि बाहिर गएर खेल्न पाउदा गर्व लाग्थ्यो । हुन त आफ्नो इच्छाले जीवनमा फुटबल रोजेको हुँ तर जहिले खेल्दा पनि देशको लागि मन दिएर खेले ।

त्यो बेला फुटबलको क्रेज थियो, अनि दुःख पनि खुब गरिन्थ्यो । त्यो बेला अहिले जस्तो राम्रो खलाडी नै छनोट गर्ने चलन थिएन । छनोट गर्दा नातेदारलाई छनोट गर्ने प्रवृत्ति हाबि थियो । मेरो एउटा तितो अनुभव छ । एक पटक एसियन गेमको लागि छनोट थियो ।

मैले राम्रो प्रफमेन्स दिँदा दिँदै पनि सेलेक्सनमा परिन । आफ्नो मान्छे छनोट गरे । त्यस्तै धेरै पटक भयो । त्यसपछि त कता–कता मन मरे जस्तो भयो, फुटबल नै छोडेर बसौँ जस्तो भएको थियो । बिस्तारै अन्तर्राष्ट्रिय खेल खेल्न छाडेर क्लबमा मात्र खेलेँ । अनि बिस्तारै प्रशिक्षण गराउन तर्फ लागे ।

३. कुशल खेलाडी उत्पादन गर्न के गर्नुपर्छ ?

राम्रो खेलाडी उत्पादन हुन सबै भन्दा पहिला आफूमा इच्छाशक्ति हुनुपर्छ । म फुटबल खेल्छु मात्र भनेर हुँदैन । राम्रोसँग सिकेर राम्रो खेल्छु भनेर अनुशासित भएर मिहिनेत पनि गर्नुपर्छ । दुखले नै राम्रो परिणाम आउछ भनेर निरन्तर लागि पर्नु पर्छ ।

४. फुटबल क्षेत्रलाई राज्यले के गर्नु पर्ला ?

पछिल्लो समय फुटबललाई राज्यले हेर्ने नजर फेरिएको छ । अन्य खेलको तुलनामा प्राथमिकता दिएको छ । तर त्यतिले मात्र हँुदैन, राज्यले अझै धेरै लगानी ग¥यो भने राम्रो परिणाम हात पर्न सक्छ । एउटा फुटबल खेलाडीले खेलेरै आफ्नो परिवार पाल्न सक्ने र यसैमा भविष्य देख्न सक्ने वातावरण राज्यले सिर्जना गरिदिनु पर्छ ।

५. अन्त्यमा ?

कुनै बेला फुटबल स्वास्थ्यको लागि मात्र खेल्ने भन्ने थियो । तर अहिले फुटबलले भविष्य बन्छ, जीवन निर्भाह हुन्छ । कोही खेलाडीले म राम्रो खेलाडी बन्छु भन्ने सोच्छ भने मनबाटै इच्छाशक्ति जगाएर अनुशासित भएर मिहेनत गर्नु पर्छ । सफल हुन मैदानमा पसिना चुहाउनै पर्छ । त्यस्तो खेलाडीको लागि फुटबल क्षेत्र राम्रो अवसर बन्न सक्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.