www.tandavnews.com
Fact ~ In search of truth

नजरको नशा…

– सिद्धार्थ पौडेल

आँखा आँखा बोले नि, मनसँग मन बोल्न बाँकी छ । नेपाली फिल्म ‘कोही मेरो’को यो गित यसै रचिएको त कहाँ हो र । आँखा जुधेर, जुधाइएर मात्रै माया बस्ने भएको भए ? यि शब्द कोरिन्थेनन् , सायद ।

सायद, म उनिसँगै फोन वा म्यासेन्जरमा बोल्दै हुने थिएँ । ठट्टा गर्दै, जिस्क्याउँदै ।

Batas

प्राय हरेक हप्ता विविध कार्यक्रमहरुमा भिन्न ब्यक्तिहरुसँग भेटिएको हुन्छु । आँखाले सबैलाई नियाल्छन् । कोही अलिक बेसी नियालिन्छन् । खैर, आँखा आँखा बोल्ने क्रम चलिरहन्छ ।

तर, कहिलेकाहीँ माहौलले परिस्थिती अर्कै भइदिन्छ । भनिन्छ नि कुनै फल देख्ने बित्तिकै टप्प टिपेर खान मन लाग्छ, त्यस्तै भयो मलाई ।

ठिक अगाडीको टेबलमा थिएँ । हातमा बियर । बिस्तारै सुर्की लिदै थिएँ । नशा बियरकै चढ्नुपर्ने थियो । उनि मदिरा भन्दा पनि नशालु भइन् यो समय । शरिरमा बियरको नशाले धाक जमाउन सक्दै सकेन । अहँ अलिकति झ्याम्म पनि बनाएन ।

उनकै हेराइमा विस्तारै विस्तारै लट्ठीदैं थिएँ । उनकै मतलब, जो सँग मेरा आँखा बोलिरहेको थिए ।

बियरले नशा नपुग्ने भयो क्यारे । मैले यतिमै सिमित गरें बोत्तल । पिएर लाग्ने नशा भन्दा हेराइको नशा आज हाबी भइरहेछ । हेरिरहेछु, आँखा थाकेका छैनन् । आँखाले पनि भन्दो हो अझै एकछिन हेरौं न ।

मैले बोत्तललाई ‘नो मोर’ भनिरहँदा उनले वाइनलाई ‘यस आइ वान्ट इट’ भने जसरी पिउन थालिन् । मलाई उनको नशाले झ्याम्म पारिरहेको थियो । उनलाई त कसरी झ्याम्म पारोस् । मेरा आँखाका नजरमा उनले नशा देखिनन्, महशुस गरिनन् । गरुन् पनि कसरी । उनको जस्तो, लट्ठ्याउने नजर जो थिएन मेरो ।

नेपथ्यमा लाइभ म्यूजिक गुञ्जिरहेको थियो, एड्रिन प्रधानको ‘नभन मेरो माया लाग्छ भनि’ । उफ् मरो लागि नै गाए जस्तो ।

नियाल्दै गर्दा उनको औंलामा रिंग देखे । रिंग मात्रै होइन, इङ्गेजमेन्ट रिंग । रिंगले एकछिन रिंगायो ।

तर पनि उसको बेला बेलाको कर्के नजरले सबै शान्त बनाउँदै थियो । मन भन्दै थियो ‘साँच्चिकै केटि मान्छेहरु कुर्ता सुरूवालमा झनै कति राम्रा देखिन्छन् है । पुर्णिमाको जुन जस्तै राम्री । होइन, होइन ! जुनमा त दाग पो हुन्छ । जुन भन्दा पनि राम्री ।’’

वाइन ग्लासलाई ओठले चुम्दै चुस्की लिइरहँदा बेला बेला मोबाइल पनि हेर्न भ्याइरहेकी थिइन् उनि । मलाई लाग्थ्यो, मेरा मनका कुराहरु उनको स्क्रिनमा देखिएको छ । उनि लजाउँदै, मुस्काउँदै चुस्की लिइरहेको देख्दा यस्तै मनमा आइरहेथ्यो ।

म कल्पना गर्थें । बोलेको मात्र सुन्ने हो र । मौनता पनि सुनिदेउ न डियर ।

क्षणीक, सबै क्षणीक रहने भयो । एकदम सर्ट । सर्ट मुभि भन्दा पनि सर्ट ।

अब त लाइभ म्यूजिकले पनि घचघच्याउन थाल्यो क्यारे । ए सिद्धार्थ निस्कने बेला भो भने जसरी । जाने बेला भएछ । नारायण गोपालको गितले भनिरहेको थियो ’मलाई नसोध कहाँ दुख्छ घाउ…. म जे छु, ठिकै छु….

के गर्नु , मन न हो । कसैको लागि यसै समर्पित भइदिन्छ । उत्तर नपाउँदा पनि प्रश्न गरिरहन्छ…

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.