www.tandavnews.com
Fact ~ In search of truth

सात वर्षीया बालिका बलात्कार गर्ने ‘कौशर’ पक्राउ

बेझाड ।

रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ ।

Batas

बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

“बालिका बलात्कृत भएको खबर ७ः३० बजे हामीकहाँ आयो, त्यसलगत्तै टोली खटिएर बलात्कारीलाई पक्राउ गर्न सफल भइयो”, उनले भने । बालिका बलात्कार गर्ने आलमलाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पाल्पा पठाइएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.