www.tandavnews.com
Fact ~ In search of truth

ब्रिगेड ब्वाइजको पहिलो जित

काठमाडौँ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ ।

Batas

ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पहिलो अग्रता भने एपिपएफले लिएको थियो ।
खेलको दोस्रो हाफको ६० औँ मिनेटमा एपिएफले रूपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो ।

लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
त्यस्तै खेलको ६९ औँ मिनेटमा ब्रिगेड ब्वाइजका अर्का खेलाडी काजुदीनले एक गोल थप्दै आफ्नो टिमको अग्रतालाई दोब्बर बनाए ।

उनले ६ यार्डबाट गोल गरेका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा ब्रिगेड ब्वाइजकै काजिमले गोल गरेर जीत सुनिश्चित गरे । खेलको ८९ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित बनेको थियो । एपिएफका खेलाडी विश्वास उदासले फल्ट गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

पराजित एपिएफको अङ्क तालीकामा ४ अङ्क छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.