www.tandavnews.com
Fact ~ In search of truth

भारतीय ‘ठग अफ गुजरात’ पोखरामा पक्राउ

 

अर्जुन गिरी /  ताण्डव न्यूज ।

कास्की प्रहरीले लेकसाइडको एक होटलबाट अवैध विदेशी मुद्राको कारोवारी भारतिय नागरिक सहित एक जना नेपाली महिला पक्राउ गर्यो ।

Batas

प्रहरीले भारतीय नागरिक बिनयकुमार बबुलाल शाह र काठमाण्डौँकी चन्दा थापालाई अमेरिकी डलर, भारतिय रुपैया, इङ्ग्ल्याण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया समेत बरामद ग¥यो ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको शाह भारतबाट भागेको ठूलो ठग रहेछन् । गुजरात अहमदाबादमा दर्जनौ मानिसलाई ठगेर भागेका रहेछन् । अन्य ठाँउमा पनि ठगि गरेर नेपाल पसेका उनलाई ‘ठग अफ गुजरात’ भनेर चिन्ने गर्छन् ।

विहीबार पक्राउ परेको शाह र थापाबाट नेपाली रुपैया २४ हजार ८ सय ५, भारतीय रुपैया २ हजाको नोट ४३ थान, भारतीय रुपैया ५ सयको ११ थान, भारतीय रुपैया सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इङ्ग्ल्याण्डको पाउण्ड ५ को दुइ थान नोट बरामद गरेको छ ।

डलर संगै उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, एम आइ कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, विभिन्न बैङकको एटिएम ६ थान, विभिन्न बैङकको चेकबुक ४ थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान र शाह र थापाको राहदानी एक एक थान समेत वरामद गरेको छ ।

अहमदाबादमा ठगेर नेपाल पसेका थिए शाह

बिनयकुमार बबुलाल शाह नेपाल पस्नु भन्दा पहिले अहमदाबादमा दर्जनौ मान्छेलाई ठगेर नेपाल आएका हुन् । उनी विरुद्ध अहमदाबाद वस्त्रापूर प्रहरी चौकी र नारनपूरा प्रहरी चौकीमा ठगि गरेको उजुरी छ । उनी विरुद्ध २०१८ नोवेम्बर मात्र १० भन्दा धैरै उजुरी परेको हो ।

शाहले तालतेज भन्ने ठाँउमा अफिस राखेर ठगि गरेका थिए । उनले एउटा कम्पनी खेलेर मान्छेलाई ठग्ने काम गरेका थिए । उनले ‘आर्चरक्यर डिजिएड एलएलपी’ नाम दिएर एउटा एडवर्टाइजिङ वेव साईड तयार गरे । जसमा रकम हाल्ने शेयर दाताको रकम १४ महिनामा दोब्बर हुन्छ भनेर प्रचार गरे ।

अफिसको उद्घाटना कार्यक्रम भव्य गरेपछि उनलाई सबैले सजिलै पत्याए । सुरुमा उनले प्रति व्यक्ति आई ४ हजार ५ सय लिने गर्थे । पैसा दोब्बर हुने आशमा एक जना व्यक्तिले १ लाख सम्म रकम दिएको पाइन्छ । उनले त्यहाँ हजारौ मान्छेसँग रकम ठगि गरेर दिल्ली हुदै नेपाल पसेको प्रहरी स्रोतले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.