
काठमाडौँ ।
आज देखि देशैभर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । लैंगिक हिंसा र र्दुव्यवहार छैन, हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको हो ।पछिल्लो समय महिला हिंसामा बढिरहेको छ ।
विश्वभर हरेक वर्ष नोभेम्बर २५ अर्थात आजकै दिन महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ।संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी दिवसका रूपमा मनाउँदै आएको छ।
विश्वमा सन् १९९१ देखि यो अभियान सुरु भएको हो। नेपालमा भने ०५४ सालदेखि यो अभियान सुरु भएको हो ।अभियानका क्रममा विभिन्न संघ संस्थाले पदयात्रा, र्अन्तरक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रम आयोजना गर्दैछन्।
अभियानका अवसरमा राष्ट्रिय महिला आयोगले दुई दिनसम्म सातै प्रदेशका सांसद्, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकासमन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्रिया गर्दैछ।
लैंगिकताका आधारमा महिला तथा पुरुषमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वव्यापी रुपमा यो अभियान सुरु भएको हो।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।