www.tandavnews.com
Fact ~ In search of truth

‘गणित सरले कन्चटको रौँ तान्दा पिसाब चुहिन्थ्यो’

बिनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

५ बर्ष पूरा भएर ६ बर्ष पुग्ने वित्तिकै मानबहादुर जिसीलाई आमा बाबाले विद्यालयमा भर्ना गरिदिए ।

‘२०२३ सालमा स्कुल भर्ना भएको थिएँ । गाउँ पञ्चायतको ओख्ले भन्ने ठाउँमा जनक प्रावि थियो,’ पुराना दिनको याद गर्दै उनले ताण्डव न्यूजसँगको कुराकानीमा भने, ‘त्यति बेला पढ्न खुब गाह्रो थियो । एउटा स्कुलमा तीन चार पढ्यो अरु कक्षा पढ्न अरुमा जानुपथ्र्याे ।’

Batas

जिसी कक्षा ४ पढ्नको लागि गाउँपञ्चायतको ठुलो स्वरा भन्ने ठाउँमा हिमालय प्रावि गए । कक्षा ५ मा पढ्न फेरि वडा नं २८ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा भर्ना भए । निरन्तर त्यहिँ पढे । २०३५ सालमा सोही विद्यालयबाट एसएलसी सिध्याए ।

उच्च शिक्षाका लागि उनी व्यवस्थापन संकायका लागि भर्ना भए । सँगैका साथीहरुलाई गल्लाले लाहुरे बनाउन लगेको देखेर उनलाई पनि ब्रिटिस लाहुरे हुने भूतले समात्यो । लाहुरे हुने भूतले उनलाई १९ दिन पछि च्याट्टै छोड्यो । उनले त्यहाँ गर्नुपर्ने सबै काम गर्न सकेनन् ।

‘म्यानेजमेन्टमा भर्ना भएको म लाहुरे हुने साह्रौ रहर लागेको थियो । ब्रिटिसमा लाहुरे हुने भुत चढ्यो,’ उनले भने ‘म १९ दिन सम्म त्यता तिर भुलेँ । त्यसपछिका दिनहरुमा मलाई पहिलाको जसरी पढ्ने मुड नै आएन र क्याम्पस छोडे ।’

त्यसपछि फेरी उनी गाउँ फर्किए । त्यस बेलामा एस.एल.सी पास भएको मानिसहरुलाई ठुलो मान्छे सोच्ने चलन थियो । त्यसैले पनि मास्टरको काम पाउन सजिलो थियो । लाहुरेको भुतले १९ दिनसम्म हराएपछि उनलाई पढाइमा मन लागेन । पढाई पनि छुटेकाले घरमा अभिभावकहरुले कराउन थालेपछि मास्टरको काम गर्न थाले । डेढ बर्ष जति रत्न मा.विमा पढाए पनि ।

फेरी २०३७ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । त्यससमयमा लामो हडताल भएको थियो । क्याम्पस बन्द नै भएकाले दुई बर्षमा पूरा हुनुपर्ने कोर्स ४ बर्षमा पूरा भएर २०४१ सालमा मात्रै सकियो । २०४१ सालमा फेरि घर गएपछि ०४५ सालसम्म पुन शिक्षक भएर काम गरे । क्याम्पसमा विद्यार्थी राजनीति पनि उनले गरे ।

राजनीति गरेको भनेपछि ०४५ सालमा पञ्चायतको निर्णय अनुसार उनलाई जागिर बाट निस्कासन गरियो । त्यसपछि डिप्लोमा पढ्न फेरी क्याम्पस भर्ना भए । २०४९ मा डिप्लोमा सकिएपछि बहुदल आयो । बहुदल आएपछि कालिका गाविसको अध्यक्षमा चुनाव लडे । चुनावमा लडेसंगै गाविसको अध्यक्षको पनि जिते ।

उनले विद्यार्थी जीवनमा उटपट्याङ कामहरु पनि थुप्रै गरेका छन् । जुन उनले अहिले पनि सम्झि रहन्छन् ।

‘जीवनमा यहाँ सम्म आउँदा धेरै उटपट्याङ कामहरु पनि गरियो । पहिला पहिला कतै जान पनि साथीहरुसँगसंगै भएर हिँडिन्थ्यो अहिलेको जस्तो वृक्षारोपण भएको ठाउँ हुन्थेन,’ उनले त्यो क्षण सम्झँदै भने, ‘त्यस समयमा साथिहरुसँग मिलेर माथिबाट ढुङ्गा लडाउन साह्रौ रमाइलो हुन्थ्यो । सबैै साथीहरुको ग्रुप मिलेर माथिबाट ढुङ्गा फालेर कस्को छिटो तल पुग्ने भन्ने प्रतिस्पर्धा हुने गर्थे ।’

उनीहरुले गुल्ट्याएको ढुंगाले जन ज्योतिमा पढाउने बास्तोला सरलाई एकदिन धन्न लागेको । त्यसपछि साह्रौ गाली पनि खाएको एउटा घटना सम्झिँदा उनीलाई अझै हासो लाग्छ ।

त्यससमयमा स्कुलमा लौराले पिट्ने समय थियो । सबैको सोच लौरीको पिटाइबाट जोगिने भन्ने हुन्थ्यो ।

‘स्कुल पढ्दा सबैभन्दा याद भएको माध्यमिक विद्यालयमा पढाउने एकजना अंग्रेजी पढाउने मास्टरले सोधेको उत्तर जानेन भने औलाको बीचमा कलम राखेर चेप्दाको दुखाई । यसको पिडा यति साह्रो हुन्थ्यो उस्तै परे पिसाब नै निस्कने थियो । अर्काे एकजना गणित पढाउने मास्टर हुनुहुन्थ्यो बदमास ग¥यो कि कन्चेटका रौं उखेल्नु हुन्थ्यो । पिसाब चुहिथ्यो त्यो भन्दा पिडादायक सजाय अरु के हुन सक्थ्यो र ?’

बाल्यअवस्थालाई फर्किएर हेर्दा स्कुलमा तथा घरवरपर छिमेकमा राम्रो बच्चामा नै चिनिन्थे रे उनी । सबैको नजरमा बाबुहरु राम्रो छन् भन्ने सन्देश नै जाने गरेको उनले सम्झे ।

अर्काे रमाइलो कुरालाई पनि उनले जोड्न खोजे ‘त्यो समयमा अरुको खेतबारीको फलफूल चोरेर साह्रौ खाने गरिन्थ्यो ।

अरुको घरमा फलेको काक्रो चोरर खाने तर जस्को घरबाट चोरेको हो उसको नै घरमा गएर पिरो बनाएर उनीहरुसँग नै बसेर खाने गथ्र्यौँ,’ उनले हाँस्दै भने, ‘पछि थाहा पाए पछि तिमीहरु त साह्रै बाठा हिजो मेरै घरको काक्रा चोरेर मलाई नै पिरो पिन्नको दुःख दियौँ भनी गाली खान्थ्यौँ । मागेर दिनु हुन्नथियो भन्दै हासेर टारदिन्थ्यौँ ।’

त्यससमयमा जति नै बदमास भएर हिडे पनि पैसा भने कहिल्यै चोरेनन् उनले ।

‘बरु लोकल भाले चोरेर भैसीको घिउमा फ्राई गरेर साथीभाइहरु सँग बसेर खादाको त्यो पल साह्रौ रमाइलो हुन्थ्यो’ उनले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.