www.tandavnews.com
Fact ~ In search of truth

इपीएलको तयारी पुरा,खेल शनिबारदेखि

पोखरा ।

एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको सम्पुर्ण तयारी पुरा भएको छ ।

पर्सि शनिबार देखि काठमाडौंमा सुरु हुने दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्स र विराटनगर वारियर्स खेल्नेछ । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् ।ईपिएल क्रिकेटमा सहभागि हरेक टोलीमा तिन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।विदेशी खेलाडी नेपाल आउने क्रम सुरु भएको छ ।

यसपटक ईपिएलकै लागि आयरल्याण्डका केभिन ओब्रायन, युएईका रोहन मुस्तफा, हङकङका बाबर हयात र अंशुमान राथ, भारतका गौरब तमोर र सन्नी पटेल, नेदरल्याण्ड्सका रायन टेन डोच्टे, स्कटल्याण्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभी लगायतका खेलाडी काठमाडौं आउँदैछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.