www.tandavnews.com
Fact ~ In search of truth

मंसिर २८ देखि काहुँ धरहरा महोत्सव

पोखरा /ताण्डव न्यूज ।

तेस्रो काहुँ धरहरा महोत्सव–०७५ आयोजना हुने भएको छ ।

जनकल्याण क्लबको आयोजनामा मंसिर २८ गते देखि पुस ८ गते सम्म आयोजना हुने महोत्सवको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।पत्रकार सम्मेलनमा बोल्दै वडा नं ११ का अध्यक्ष मोहन बाँस्तोलाले महोत्सव व्यवसायिक रुपमा नभई पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागेको बताए ।

Batas

‘महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ,’ उनले भने, ‘लोक दोहोरी प्रतियोगिता, कविता, स्थानिय संस्कृतिक साथै कला प्रर्दशनी समेत हुनेछ ।’महोत्सवमा भजन चुट्का, चित्रकला, लाईभ म्युजिक, कृषि उपजको प्रदर्शनी, बिक्रि, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति, पर्वतीय दौड, साईक्लिङरेस, मालसामानको खुद्रा–बिक्रि साथै दर्शकहरु बीच रोमाञ्चक प्रतिस्पर्धाका खेलहरु पञ्चेबाजाको प्रर्दशनी रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

दर्शकको सेवा सुविधालाई मध्ये नजर गर्दै इमेल, ईन्टरनेट, फोन सुविधा, प्राथमिक स्वास्थ्य उपचार सुविधा, पार्किङ तथा शौचालयको प्रबन्ध रहेको संयोजक तथा प्रचार प्रसार समितिका दामोदर आचार्यले जानकारी दिए ।८० स्टल राखिने भनिएको महोत्सवमा १५ स्टल रेष्टुरेन्टको लागि छुट्टाइएको छ ।

महोत्सवमा विद्यार्थीहरुको लागि छुट गरिएको छ भने साधारण दर्शकहरुको लागि ७० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।४३ लाख खर्चको अनुमान गरिएको महोत्सवमा ८० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.