www.tandavnews.com
Fact ~ In search of truth

देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगे

काठमाडौं,
ताण्डव न्यूज।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि जसपाका दुई नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।

देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

Batas

जसपा नेता ठाकुर र महत्तो प्रधानमन्त्रीसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पुगेका हुन् । उनीहरु पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नजिक छन्। भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएको अघिल्लो दिन जसपा नेताहरुको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

सभापति देउवालाई जसपा नेताहरुले उपेन्द्र यादवको कुरामा नलाग्न भनेको भन्दै विश्वासको मतमा जसपा तटस्थ रहने बताएको स्रोतले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.