www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्ट महोत्सवका लागी क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौँ ।

अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तक्र्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानले जानकारी दिए ।

उक्त महोत्सव यही पुस १५ गते मेलबर्न, २१ र २२ गते सिड्नी, २६ गते ब्रिसबेन तथा २८ गते एडिलेडमा कार्यक्रममा हुनेछ । एडिलेडमा हुने कार्यक्रममा भने नेपालका तीन खेलाडीसहित अष्ट्रेलियाका विभिन्न क्लबको खेलाडीसँग टि ट्वेन्टी सिरिजको क्रिकेट प्रतियोगितासमेत हुनेछ ।

‘सबै मिलेर नेपाली क्रिकेटको प्रवद्धर्न गरौँ’ भन्ने मूल नारा रहेको उक्त महोत्सवमा अष्ट्रेलियमा रहेका अन्य खेलाडीसँग पनि क्रिकेट खेलबारे छलफल गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले यस किसिमको महोत्सवले क्रिकेट खेलको विकास हुनाका साथै खेलाडीमा समेत हौसला मिल्ने बताए । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेको ब्राण्ड एम्बेस्डर समेत रहेका कप्तान खड्का सहितको तीन सदस्य टोली आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.