www.tandavnews.com
Fact ~ In search of truth

भव्य रुपमा सम्पन्न भयाे ‘पाेखरा फुड कार्निभल’ (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ बर्ष २०७५को अवसरमा गरेको अन्तराष्ट्रिय स्तरको फुड कार्निभल भव्य रुपमा सम्पन्न भएको छ ।

Batas

पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा चैत ३० गते भएको कार्यक्रममा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको दर्शकहरु खुबै रमाए ।

पोखरामै पहिलो पटक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।

कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड गर्दै उपस्थित दर्शक पोशाकमा सजिएका थिए । कार्यक्रममा चार हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले कार्निभलमा रहेको निर्देशक थापाले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.