www.tandavnews.com
Fact ~ In search of truth

स्याउ टिप्दै मनाङ एग्रो

मनाङ ।

Lama collectio News Middle

स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ । नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ ।

सेप्टेम्बर महीनाको शुरुदेखि स्याउ टिप्न थाल्ने भए पनि अहिले अलि ढिलो भएको हो । स्याउको रङ र स्वाद परीक्षण गरेर मात्र स्याउ टिप्न थालिने मनाङ एग्रोका अध्यक्ष समराज गुरुङले बताए । उनका अनुसार कम्पनीले स्याउको चाना, केक, जुसलगायत धेरै परिकार बनाउँदै आएको छ । अब कम्पनीले स्याउको वाइन बनाउने तयारी गरिरहेको पनि उनले बताए ।

मनाङ एग्रोले ७३५ रोपनी क्षेत्रफल ओगटे पनि ४५० रोपनीमा स्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले गत वर्ष ३५० टन स्याउ उत्पादन गरेको थियो । अहिले ४५० टन उत्पादन हुने अध्यक्ष गुरुङले बताए। उनका अनुसार अब मनाङको स्याउ नेपालमा मात्र नभई विदेशमा पनि आपूर्ति हुनेछ ।

यहाँ र्सवियाबाट तीन जातका स्याउका बिरुवा ल्याई व्यावसायिकरूपमा स्याउखेती गर्दै आएको कम्पनीले वर्षेनी करोडौँ आम्दानी गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको फार्ममा गाला, फुजी र गोल्डेन गरी तीन जातका स्याउ रहेका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा रहेको स्याउ फार्ममा अहिले ५० स्थानीय कामदार रहेका छन् । दैनिकरूपमा यी कामदारले स्याउको हेरचाह, कटिङ र स्याउ टिप्ने जस्ता काम गर्दै आएको कामदार पञ्च गुरुङले बताए ।

कम्पनीले स्याउको उत्पादनसँगै स्याउको परिकार निर्माण पनि गर्दै आएको छ । यहाँ स्याउ भण्डारण र प्याकिङ सबै मेसिनबाट गरिँदै आएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कम्पनीले हाल नेपालका प्रमुख बजारमा आफ्नो उत्पादन पुर्याउन सफल भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop