www.tandavnews.com
Fact ~ In search of truth

माघ १५ देखि मनकामना केबुलकार पोखरा कप

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा छैठौँ संस्करणको ‘मनकामना केबुलकार पोखरा कप – २०७५ अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा यहि माघ १५ देखि २६ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

Batas

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको जमघट गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संघका अध्यक्ष मिलन गुरुङले बताए । ‘प्रतियोगितामा आठ ए डिभिजन आयोजक र तिन विदेशी टिम सहित १२ टिमको सहभागिता रहनेछन्,’ उनले भने, ‘गत बर्ष नेपालका उत्कृष्ट नौ टिम, आयोजक र दुई विदेशी टिमले प्रतिस्पर्धा गरेका थिए ।’

गत बर्षको पुरस्कार राशीमा बृद्धि गरि बिजेता टिमलाई ७ लाख ५५ हजार रुपैयाँ र उपबिजेतालाई ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए ।

उत्कृष्ट ५ विधाका खेलाडीहरुलाई २५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीहरुलाई मोटरसाइकल पुरस्कार दिइनेछ ।

यसैगरि प्रतियोगितामा टिकटदर पहिलो चरणको लागि १ सय रुपैयाँ र दोस्रो चरणका खेलहरुको लागि १ सय ५० रुपैयाँ लाग्नेछ । १ करोड १७ लाख अनुमानित खर्च रहेको यस प्रतियोगितामा १ करोड २८ लाख ५० हजार अनुमानित आम्दानीको अपेक्षा आयोजकले गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.