www.tandavnews.com
Fact ~ In search of truth

मानव सेवा आश्रम लाई प्रहरी श्रीमती संघ पोखराको राहत

 

पोखरा ।

नेपाल प्रहरी श्रीमती संघ पोखराले आज पोखराको छोरेपाटान स्थित मानव सेवा आश्रममा राहत वितरण गरेको छ ।

सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा अत्यावश्यक रहेका जिन्सी सामाग्री सहित खाध्यान्न समेत वितरण गरेको हो । संघकी अध्यक्ष कान्ता बोहराले आश्रममा रहेका वृद्ध वृद्धाहरुलाई लत्ता कपडा हस्तान्तरण गरि कार्यक्रमको उद्‌घाटन गरे ।

संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रीमती संघ कुनैपनी दातृ निकायबाट सञ्चालन नभएको बताउदै आफुहरु देउसी भैलो कार्यक्रम तथा मेला महोत्सवहरुमा संघले राखेको स्टलहरुबाट आएको मुनाफाबाट बिगत लामो समयदेखीनै समाजिक कार्यमा तल्लिन रहेको बताउदै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिईने बताए ।

कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनीधीहरुले ४ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रती आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन् ।

४ नंम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की,वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रमुख प्रहरी नाव उपरीक्षक नविन कार्की लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.