www.tandavnews.com
Fact ~ In search of truth

‘प्रत्येक शुक्रबार कक्षा हाप्ने गथ्र्यौँ’

पाेखरा
ताण्डव न्यूज । 

मेरो विद्यालयकालिन शिक्षा निकै छिन्न भिन्न थियो ।

म विन्ध्यवासिनी मन्दिरको प्राङगणमा, त्यो बेलामा आजको जस्तो थिएन । निकै धुलो मैलो अवस्था थियो । तर, त्यहाँ खुला रुपमा विद्यालय सञ्चालन हुन्थ्यो । शिक्षकहरु पनि आपको बोट मुनि कालो पार्टी राखेर बस्नुहुन्थ्यो । त्यहीँ मेलै प्राथामिक शिक्षा प्रदान गरेको हो ।

Batas

त्यहाँ रमाइलो के प्रसंग थियो भन्दा, विन्ध्यवासिनी मन्दिरको मुल प्रवेशद्धारको छेउमा एक जना जोगी बस्थे । उनको नाम के हो त्यो पनि थाहा छैन् । थाहा पाएको कुरा यो मात्र हो कि उनी भारतीय जोगी थिए । सबै विद्यार्थीहरु घरबाट ल्याएको पाँच पैसा उठाएर त्यो जोगीलाई दिने गथ्यौ । उनले सबै पास भनेपछि हामी फुरुङ्ग हुन्थ्यौ ।

ल्याबेटरी स्कुल बडा व्यवस्थित स्कुल थियो । नर्मल तालिम केन्द्र शिक्षक सम्बन्धी तालिम लिनका निम्ति अमेरिकी सहयोगमा तालिम केन्द्र खुलेको थियो । त्यो ल्याबेटरी स्कुल अहिलेका बोर्डिङ स्कुलहरु भन्दा पनि बढी व्यवस्थित थिए । प्रत्येक विद्यार्थीहरुका लागि डेक्स, टेबल, कुर्ची उपलब्ध थियो । दिउँसो खाजा खानाको पनि प्रबन्ध हुन्थ्यो ।

त्यो बेलामा राम्रो ड्रेस, टाई लगाएर जाने चलन सम्भवतः त्यहीँबाट आरम्भ भएको हुनसक्छ । त्यहि बेलामा मैले त्यो विद्यालयमा जीवनको सबैभन्दा ठूलो पाठ सिकँे । त्यो पाठ के थियो भन्दा, म साहित्यमा प्रबिध्य भए । जिन्दगीमा पहिलो पटक भित्ते पत्रिकाको पहिलो अंकमा मेरो कविता प्रकाशित भयो । सानो उमेरमा नै आफ्ना बाल्यउमेरका साथिहरुको माझमा कवि हुँ भन्ने ढंगले चिनिएँ र त्यसको प्रभाव मेरो जिवनमा अहिलेसम्म रहेको छ ।

त्यहाँ अरु दुई जना शिक्षक हुनुहुन्थ्यो, उहाँले कुनै शिक्षक अनुपस्थिति भएको साटोमा कक्षा लिनु हुन्थ्यो । उहाँहरुले हामीलाई रामायण र महाभारतको कथा सुनाउनु हुन्थ्यो । त्यसरी आफ्ना धर्म संस्कृतिका प्रति एउटा अनुराण उत्पन्न गराउने काम चाहिँ त्यो विद्यालयबाट भयो ।

मैले स्कुल जीवनमा धेरै विद्यालयहरु चेन्ज गरेको थिएँ । विन्ध्यवासिनी विद्यालयमा कक्षा २ पास गरेपछि फेरि ल्याबेटरीमा २ मा नै भर्ना भएँ । ल्याबेटरी स्कुलमा ५ मा पास भएपछि कक्षा ६ र ७ राष्ट्रिय माविमा पढे । त्यहाँबाट ७ कक्षा पास गरेपछि अहिलेको गण्डकी बोर्डिङ स्कुल त्यो बेलामा नेपाल आदर्श बोडिङ स्कुलमा फेरि ५ मा भर्ना भए । मेरो जिन्दगीमा यति धेरै उताब चढाब भएको थियो । तर प्रत्येक विद्यालयबाट मैले धेरै ज्ञान बटुल्न पाए ।

तर ६ र ७ पढ्ने बेलामा निकै बद्मास गरेका थियौ । म निकै बद्मास थिए । हाजिरी सकिएपछि झ्यालबाट बाहिर निस्कन मिल्ने हुनाले सधै झ्यालमा बस्ने गरिन्थ्यो । साथीहरु भागेर याम्दि खोला, काली खोलामा नुहाउन जाने गथ्यौँ । याम्दिमा पहिला दुई ढुङ्गे पुल हुन्थ्यो, काँक्रो फल्ने समयमा गाउँबाट बेच्ने आउनेहरुलाई निकै दुःख दिने गथ्यौँ ।

सानो उमेर देखि खेलकुद र साहित्यमा म निकै उत्साहित हुने गर्थे । गण्डकी बोर्डिङमा गइसकेपछि मेरो साहित्य प्रतिको अभिरुचि अझै बढी भएको अनुभव हुन्छ । २०२९ सालमा म कक्षा ६ मा अध्ययन गर्ने बेलामा सम्पादक भएर ‘उपहार’ भन्ने हस्तलिखित साहित्यक पत्रिका प्रकाशित गरेका थियौ । पछि त्यसलाई सहयोग गर्नेका निम्ति नाटकहरु समेत गरेका थियौँ ।

त्यो बेलामा प्रत्येक हाजिरी जवाफ प्रतियोगिता म सहभागि हुने गर्थे । म हाजिरी जवाफमा पोख्त थिएँ । सानै देखि हाजिरीजवाफ प्रतियोगिता, निबन्ध लेखनमा सधै भाग लिने गर्थे । पहिलो पटक निबन्ध लेखनमा भाग लिदा पुरस्कृत पनि भएको थिएँ ।

म ८, ९, १० पढ्ने समयमा बद्मास थिए । प्रत्येक शुक्रबार कक्षा हाप्ने गथ्यौ । आफू त भाग्थौ नै, साथिहरुलाई पनि छोड्न लगाउँथ्यौ । विभिन्न खोलाहरुमा जाने, डाँडाहरुमा जाने, गुफाभित्र पस्ने गथ्यौं । अलिकति साहसिक कामहरुमा चाख मान्ने गथ्यौ ।

कक्षा ९ र १० को हाजिरी जवाफमा भाग लिएपछि मलाई वकिल बन्छु कि भन्ने लागेको थियो । मेरो बोलिचालि देखेर पनि सबैले वकिल बन भनेर सल्लाह दिन्थे । तर मैले कानुन विषय पढिनँ । परिवारबाट साइन्स पढ्न पर्ने दबाब आयो । त्यसैले मैले साइन्स नै लिएर पढे । यसरी नै मेरो विद्यालय जीवन पूरा भएको थियो ।

प्रस्तुति : बिनिता सुनार 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.