www.tandavnews.com
Fact ~ In search of truth

तनहुँको पर्यटन प्रवद्धर्नमा जोड

 

काठमाडौँ ।

पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्धर्नमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्धर्नमा समाजको आज काठमाण्डौँमा आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्धर्नका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो सहयोग आवश्यक रहेको बताए ।

“पोखरा जाने पर्यटकमध्ये केही पर्यटकलाई तनहुँमा राख्नसके पनि तनहुँको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ, उनले भने । समाजले तनहुँको पर्यटन प्रवद्धर्नका लागि पर्यटन मन्त्रालयलाई दबाब दिनुपर्ने उनको भनाइ थियो । उनले तनहुँको पर्यटन विकासका लागि पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सरकारले सन् २०२० का लागि चयन गरेको १०० वटा पर्यटकीय क्षेत्रमध्ये तनहुँको व्यास–परासर र सिद्धगुफा भिमाद क्षेत्र सूचीमा परेको छ । समाजका संस्थापक अध्यक्ष राजन पन्त तनहुँ क्षेत्रको पर्यटन विकासका लागि काठमाडौँ बस्ने व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

व्यास परासर क्षेत्रबाहेक बन्दिपुर, भानु, तनहुँसुर, छिम्केश्वरी, देवघाट, सेती नदी, थानी माईको मन्दिर, मिर्लुङकोट तनहुँका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरु रहेका छन् । समाजका अध्यक्ष शेखरबहादुर थापा तनहुँको पर्यटन विकासका लागि तनहुँका पर्यटन व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । विसं २०७१ मा स्थापना भएको समाजले जिल्लाको पर्यटन प्रवद्धर्नका लागि काम गर्दै आएको समाजका महासचिव आशुतोष प्रधानले जानकारी दिए ।

साधारण सभाले गुप्तबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजका उपाध्यक्षमा शुक्रकुमार श्रेष्ठ, महासचिव दामोदर थापा, सचिव राजेन्द्र जिसी, कोषाध्यक्ष भुवन श्रेष्ठ, सहकोषाध्यक्ष सुमित्रा ढकाल र सदस्यमा केशवलाल श्रेष्ठ, क्षितिज गैरे, राजु गैरे र शुकबहादुर लामा भएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.