www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महोत्सवको सुरक्षा कडा पारिने

 

 

पोखरा ।

पोखरा अमरसिंह चौरमा आयोजना हुन लागेको नवौँ पोखरा महोत्सवमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ ।

Batas

महोत्सवलाई कास्कीका सम्पूर्ण सुरक्षा निकायले साथ दिने भएका हुन् । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म आयोजना हुने पोखरा महोत्सवलाई भब्य र सभ्य सहित सुरक्षित रुपमा महोत्सव सञ्चालन गर्न कास्कीमा रहेका चारवटै सुरक्षा निकायले साथ दिने भएका हुन । महोत्सवको सुरक्षामा कुनै कसुर बाकी नरहने गरी चारवटै सुरक्षा निकायले काम गर्ने भएका हुन ।

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न भेलामा उपस्थित कास्कीका चार वटै सुरक्षा निकायले पोखरा महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाएका हुन ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन गर्नका लागी कास्की प्रशासनले कुनै कसुर बांकी नराख्ने वताए । महोत्सवमा भीडभाड वढी हुने भएकाले सुरक्षा निकाय संग समन्वय गरेर अगाडी वढ्न समेत आयोजक युनाइटेड क्लवलाई वुढाले आग्रह गरे ।

नेपाली सेना सिद्धिबक्स गण फुलबारी ब्यारेकका प्रमुख सेनानी मदन थापाले अन्य सुरक्षा निकाय संग समन्वय गरेर महोत्सवको सुरक्षामा नेपाली सेनाको तर्फबाट समेत सहयोग हुने वताए । त्यसैगरी कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको सुरक्षामा कास्कीका सम्पूर्ण सुरक्षा निकायले समन्वय गरी पूर्ण रुपमा सुरक्षित बनाउने वताए ।

महोत्सवमा हुने भीडभाडलाइ लक्षित गरी चार वटै सुरक्षा निकायबाट सादा पोशाकका जवानहरु ब्यापक रुपमा परिचालन गरी महोत्सवमा आउने सम्पूर्णलाई सुरक्षाको प्रत्याभुति दिलाउने रानाको भनाइ रहेको थियो । त्यस्तै ससस्त्र प्रहरी वल कालिका गणका गणपति ससस्त्र प्रहरी उपरिक्षक मुरारि बस्नेतले ससस्त्र प्रहरीले पनि विगतका महोत्सवहरुमा जस्तै यो पटक पनि सुरक्षाका लागी आफ्नो तर्फबाट सहयोग गर्ने वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेली बासीको महोत्सव भएकाले महोत्सवको सुरक्षाको लागी कास्कीका सम्पूर्ण सुरक्षा निकायले साथ दिनुपर्ने वताए । विशुद्ध सामाजिक कामका लागी पोखरा महोत्सव भएकाले यसलाई सम्पूर्णले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

नवौँ पोखरा महोत्सव विद्युतिय सुरक्षा उपसमिती संयोजक तथा स्काइलिंक प्रालिका सञ्चालक राजेन्द्र तिवारीले महोत्सवमा हुने गतिविधी र सुरक्षालाई मध्येनजर गरी महोत्सव स्थल परिसरलाई पूर्णरुपमा सिसि क्यामेराद्धारा निगरानी राखिने वताए । त्यस्तै निजी सुरक्षा कम्पनीको जिम्मा पाएको जेट सेक्युरिटी प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्ण प्रसाद सुवेदीले महोत्सवमा निजी कम्पनीको तर्फबाट २० देखी ३० जना सुरक्षा गार्ड उपलब्ध गराइ सुरक्षा निकाय संग समन्वय गरी महोत्सवको सुरक्षा ब्यवस्था मिलाइने वताए ।

ट्राफिक ब्यवस्थापन उपसमिती संयोजक राम बहादुर थापा मगरले महोत्सवमा उचित पार्किङको ब्यवस्था मिलाइएकाले कुनै पनि किसिमको बाधा उत्पन्न नहुने वताए । त्यस्तै स्वयंसेवक परिचालन उपससमिती संयोजक विष्णु कुमार गुरुङले महोत्सवलाई सुरक्षित बनाउनका लागी करिव २५ देखि ३० जना स्वयंसेवकहरुले सुरक्षाकर्मी सँग समन्वय गर्ने वताए ।

महोत्सवको सम्पूर्ण सुरक्षा ब्यवस्थाको बारेमा सुरक्षा ब्यवस्थापन उपसमिती संयोजक सूर्य बानियाले जानकारी गराएका थिए भने महोत्सवको उद्देश्यमाथी क्लवका प्रथम उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले प्रकाश पारेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.