www.tandavnews.com
Fact ~ In search of truth

लोपोन्मुख कुसुण्डा बालिका सीमान्तलाई काँग्रेस नेता जोशीको सहयोग

तनहुँ ।

अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गरेका छन् ।

तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले दश हजार सहयोग गरेका हुन् ।उक्त रकम नेता जोशीले आज घरमै पुगेर उनकी आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाहा पाएपछि केही सहयोग गरिएको बताए ।

Batas

उनले उनको उच्च शिक्षा अध्ययनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । “एसइईसम्म पढाउनका लागि सम्पूर्ण व्यवस्था भइसकेको रहेछ, उच्च शिक्षाको पढाइका लागि सम्पूर्ण जिम्मेवारी मैले नै लिने प्रतिबद्धता जनाउँछु”, उनले भने ।

सोही वडाको शतिश इङ्लिस बोर्डिङ स्कूलमा ४ कक्षामा अध्ययनरत सीमान्तको स्वास्थ्य र पढाइका लागि आमाको चिन्ता विषयमा पटक–पटक समाचार प्रकाशित भएको थियो । सीमान्तको एसइईसम्मको पढाइ खर्च वडा नं १० ले लिने प्रतिबद्धता गरेको यसअघि नै वडाध्यक्ष तुलसीराम सापकोटाले जनाएका थिए ।

त्यस्तै उक्त बोर्डिङ स्कूलले समेत सीमान्तको मासिक शुल्कमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । साभ नेपालले उनकोे शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरी एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री उपलब्ध गराएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.