www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय स्थल बन्दै नेपागञ्जको कान्तिताल

नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ ।

उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा.धवलशम्शेर राणाले बताए। कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर कान्तिताल राखिएको हो ।

Batas

कान्तिताल नेपालगञ्जको धम्बोझी चोकदेखि साढे दुई किलोमिटर पूर्व राप्ती सडकको किनारमा पर्छ । करिब २५ बिघा क्षेत्रफल रहेको ताल वडा नम्बर २२ पुरैनीमा १७ बिघा र वडा नम्बर २१ पुरैनामा आठ बिघा क्षेत्रफलमा फैलिएको छ ।

कान्तिताल एउटा प्राकृतिक ताल हो । यो ताललाई पहिला खेती सिँचाइका लागि प्रयोग गरिन्थ्यो । विसं २०३९ देखि २०७२ सम्म ताललाई माछापालन गर्न ठेक्कामा दिने गरिएको थियो । अहिले आएर उपमहानगरपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गर्ने योजना अगाडि बढाएको हो ।

‘विसं २०३९ अगाडि ताल क्षेत्र हात्तीको वासस्थानका रूपमा थियो, ताल क्षेत्रमा विभिन्न थरीका चराचुरुङ्गी आउने गर्दथे, घाँसैघाँसले तालमा ढाकेको थियो’, तालको विगत सम्झँदै वडा नम्बर २२ का अध्यक्ष विद्याराम बर्मा भन्छन, ‘अहिले पर्यटकीय गन्तव्यका रूपमा तालको पुनःनिर्माण हुन थालेपछि यसले वडाको सौन्दर्य पनि बढाउने छ ।’

स्वास्थ्यचौकीलाई सामग्री हस्तान्तरण

बाँकेको नरैनापुर गाउँपालिका–२ मा रहेको लक्ष्मपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले १४ लाख ६३ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्धिकी र अध्यक्ष राजेन्द्र चौधरीले सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । क्लबले सो स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेशिन एक थान, आठ वटा श्यया, एक थान डेलिभरी श्यया, २० थान ह्विलचियरलगायतका सामग्री उपलब्ध गराएको छ ।

त्यस अवसरमा क्लबका अध्यक्ष चौधरीले विकट क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवा पाउन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.