www.tandavnews.com
Fact ~ In search of truth

दाङ र रुपन्देहीमा चट्याङ लागि ३ बालकसहित ६ को मृत्यु

काठमाडौं ।

दाङ र रुपन्देहीमा चट्याङ लागि तीन बालकसहित ६ जनाको ज्यान गएको छ ।हिजो साँझ परेको चट्याङ् लागि दाङमा तीन बालकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं। ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

चट्याङ लागि ८ बर्षीय बालक अविनाश चौधरी भने गम्भीर घाइते भएका छन् ।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यसैबीच रुपन्देहीमा पनि चट्याङ्मा परेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

चट्याङ् लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.