www.tandavnews.com
Fact ~ In search of truth

घोकन्ते शिक्षाको अन्त्य गर्नुपर्छ :उपप्रमुख गुरुङ

 

पोखरा ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले परम्पराबादी र घोकन्ते शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने बताएकी छिन ।

पोखरा महानगरपालिका वडा नम्वर ३२ मजुवामा रहेको कालिका आधारभुत विद्यालयको २९ औ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले अवको शिक्षा रोजगारमुलक, व्यवहारीक र प्राविधिक हुनुपर्नेमा जोड दिइन् । ‘घोकन्ते शिक्षाको अन्त्य गदै सिपमुलक र आवश्यकताका आधारमा नीति निर्माण गदै परम्पराबादी शिक्षालाई निरुत्साही गर्नुपर्छ ।’

उनले पोखरा महानगरले शिक्षा नियमावली बनाइसकेको बताउदै त्यही अनुसार शिक्षा परिषद्, महानगर शिक्षा समिति र वडा शिक्षा समितिहरु गठन भएको बताइन् । उनले महानगर शिक्षा परिषद्ले महानगरको भावि शिक्षा नीति कस्तो हुने भन्ने बारेमा छलफल सुरु गरेको जानकारी दिदै स्थानीय आवश्यकताका र सीपमुलक, व्बहारीक शिक्षालाई प्राथमिकता दिइने बताइन् । उनले शिक्षा विना कुनैपनि क्षेत्रको विकास सम्भव नभएकाले शिक्षा प्रमुख आवश्यकता भएको बताइन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओमबहादु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णप्रसाद तिवारी, अपाङ्ग समाजका ३२ का अध्यक्ष मोहनकुमार प्रधान, गण्डकी विकास बैंक लेखनाथ शाखाका प्रमुख केशबाहदुर गुरुङ, एसविआई बैक लेखनाथ शाखाका प्रमुख पूर्णबहादुर गुरुङ, गोगन माविका प्रधानाध्यापक मोहन बराल , डिलबहादुर गुरुङ, विमला थापा बस्नेत, खेमराज बराल लगायतले विद्यालयको बारेमा बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर बस्नेतले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक प्रधानाध्यापक चित्रकुमारी गुरुङ, मन्जु बराल पौडेल, गण्डकी विकास बैंक लेखनाथ शाखाका प्रमुख केशबाहदुर गुरुङ, एसविआई बैक लेखनाथ शाखाका प्रमुख पूर्णबहादुर गुरुङलाई दोसल्ला र सम्मानपत्रले प्रमुख अतिथि एवं महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.