www.tandavnews.com
Fact ~ In search of truth

कुसुम भइन् मिस तामाङ

पोखरा  

ताण्डव न्यूज । 

यस वर्षकी मिस तामाङ पोखराको उपाधि बिरौटाकी कुसुम तामाङले जितेकी छिन् । प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको १ अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टि गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जितेको थियो । विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल पनि जितिन् ।

Batas

उनले नगद ५० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाण पत्र प्राप्त गरिन् । उनले म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्ने छन् । उनलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गरेका थिए, मिस तामाङ पोखराकी २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइ दिएका थिए ।  नालामुखका प्रिती तामाङ मिस कन्फिडेण्टको टाइटलसँगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । रामेछापकी सजना वाइवा मिस ट्यालेण्टको टाइटलसँगै सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी र प्रमाणपत्र हात पारिन । लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसँगै भ्युअर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसैगरी बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरका सोफिया स्याङबो मिस पंक्च्युवल, काठमाडांैकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिपिलिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाडांैकी रीता लोप्चन बेस्ट स्माइल, लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज, सृजनाचोककी आशा तामाङले बेस्ट हेयरको टाइटल जित्न सफल भइन् । प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ युवती भिडेका थिए ।

बैदाम तामाङ समाज पोखराको आयोजनामा २८५५ औँ सोनाम ल्होसारको अवसरमा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको निर्णायकहरुमा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्तर्राष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सह–प्रशासकीय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ रहेका थिए ।

समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा मिस तामाङ फाइनल सेरेमोनी भएको हो । कार्यक्रमबाट केही रकम भएको र बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बामा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.