पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीलाई मेयर मानहादुर जिसीले कागजपत्र मागेका छन् । विना अनुमती डोजर चलाउनेलाई कारवाही गर्ने मेयर जिसीको भनाई छ ।
वडा २१ मा विना अनुमती अध्यक्ष अधिकारीको डोजर चलेपछि स्थानीयले गुनासो गरेका थिए । त्यही गुनासोको आधारमा २१ का वडाध्यक्ष खगराज आचार्यले भदौ २३ गते डोजर रोकेर चावी प्रहरीकहाँ बुझाएका थिए ।

त्यसपछि आचार्यलाई अध्यक्ष तीर्थको नाम लिदै धम्की समेत आएको थियो । त्यो कुरा महानगरपालिकामा पुगेपछि मेयर मानबहादुर जिसीले १७ का वडाध्यक्ष तीर्थराजसँग कागजात पत्र पेश गर्न लगाएका हुन् ।
‘मैले आज कागजात पत्रसहित आउनु भनेको छु,’ मेयर जिसीले भने, ‘विना अनुमती वडाध्यक्ष होस् या अरु कोही होस, कसैले पनि डोजर चलाउने काम गर्ने पाइदैन ।’
भदौ २३ गते कृष्ती नाउडीमा विना अनुमती टिकाराम सुवेदीको जग्गा खार्न १७ का वाडध्यक्ष तीर्थराजले डोजर पठाएका हुन् । डोजरले मुल बाटोलाई नै असर पर्ने गरि खनेपछि स्थानीयले गुनासो गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.