www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा सुन्तला खेतीबाट ६ करोड आम्दानी

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

सुन्तला उत्पादनमा राम्रो मानिएको पर्वत जिल्लाका कृषकहरुले यस बर्ष सुन्तला बिक्री गरेर झण्डै ६ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

सुन्तला उत्पादनका पकेट क्षेत्र मानिएका जलजला गाउँपालिकाको बाँसखर्क, फलेवास नगरपालिकाको कुर्घा र पाङराङ, मोदी गाउँपालिकाको देउपुरका कृषकहरुले व्यवसायिक रुपमा सुन्तलाखेती गर्दै आईरहेका छन् । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार यस बर्ष बाँसखर्कबाट साढे २ करोड, देउपुरबाट १ करोड, फलेवास बाट साढे १ करोड र महाशिला गाउँपालिकाबाट १ करोडको सुन्तला बिक्री भएका छन् ।

Batas

पर्वतमा गत बर्षको तुलनामा यस बर्ष सुन्तलाको उत्पादन बढेका कारण आम्दानी पनि बढेको छ । सुन्तला लगाईएको जमिनको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यस वर्ष कृषकहरुले राम्रो मुल्य पाएको रेग्मीको भनाई छ ।जिल्लाका फरक फरक ठाउँमा उत्पादन हुने सुन्तलाको बिक्री मुल्य पनि फरक फरक छ । बाँसखर्कका कृषकहरुले प्रतिकिलो सुन्तलालाई १ सय देखि १ सय २० रुपैयाँसम्मा बिक्री गरे भने देउपुरका कृषकहरुले प्रतिकिलो ८० देखि ९० रुपैयाँमा बिक्री गरेका थिए ।

सुन्तलाको खेती विस्तार गर्न चालु वर्षदेखि मिठो सुन्तला उत्पादनको पहिचान बनाएको बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ भने सुन्तला खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि सुरु भएको छ । फलेवासको पाङराङ र कुर्घा, मोदी गाउँपालिकाको देउपुर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको पकेट क्षेत्रमा समेटिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.