www.tandavnews.com
Fact ~ In search of truth

रेडियोको आयोजनामा रक्तदान सम्पन्न, मौसमका कारण सर्यो महोत्सव

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

महिलाहरुको व्यवस्थापनमा मात्र संचालित रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोति रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय ११ औँ महिला महोत्सवको पूर्व सन्ध्यामा रेडियोले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ‘रक्तदान नै जीवनदान’ भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, पर्वत जेसीज लगायत सामाजिक संघ संस्थामा आवद्ध प्रतिनिधिहरुले रगत दान गरेका हुन् ।

Batas

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा र महोत्सवका मुल संयोजक तथा रेडियोकी अध्यक्ष कल्पना चापागाईले रक्तदान गरेर शुरुवात गरेका थिए । रक्तदानपछि बोल्दै नगर प्रमुख शर्माले सञ्चार माध्यमहरुले हरेक क्षेत्रमा योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण यस्ता सामाजिक क्रियाकलापले देखाएको बताए ।

महोत्सव मुल आयोजक समितिका संयोजक चापगाईँले रगतको अभावमा कुनै नागरिकले पनि अकालमा ज्यान फाल्न नपरोस भनेर प्रत्येक वर्षको महोत्सवमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको आएको बताईन् । रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राथमिक सहयोग गरेको थियो ।

यसैबीच, गण्डकी प्रदेश स्तरीय ११ औँ महिला महोत्सव भने दुई दिन पछि सरेको छ । शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेप्रसाद तिमिल्सिनाले उद्घाट्न गर्ने कार्यक्र रहेको भएपनि बिहीवारदेखि नै मौसममा आएको खराबीका कारण महोत्सव सरेको हो । अब माघ २७ गते महोत्सवको उद्घाटन हुने छ भने फागुन ७ गते सम्म चल्ने छ । अन्य कार्यक्रमहरु भने यथावतै रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.