www.tandavnews.com
Fact ~ In search of truth

क्रस कन्ट्रीको उपाधि नेपाल आर्मीका राजनलाई

hima aus

पोखरा ।

स्याङजामा सम्पन्न प्रथम क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका ३५ बर्षिय धावक राजन खत्रीले जितेका छन् ।

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा शनिबार सम्पन्न सो दौडमा ३१ धावकलाई पछि पार्दै निर्धारित ३१ किलोमिटर १ घन्टा ५७ मिनेट ५९ सेकेन्डमा पार गरी खत्रीले उपाधि जितेका हुन् । उपाधिसँगै उनले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ५० हजार हात पारे ।

त्यसैगरी २ घन्टा ३ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर द्धित्तिय बनेका भीरकोट– ५, स्याङ्जाका १९ वर्षे अशोक थापाले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त गरे । २ घन्टा १० मिनेट ३ सेकेन्डमा ३१ किमि पुरा गर्दै तेस्रो स्थान हासिल गरेका जुम्लाका धीरबहादुर बुढाले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ३० हजारमा चिक्त बुझाए ।

२१ वर्ष मुनिका १४ किलोमिटर दौडमा पुतलीबजार नगरपालिकाका कमलप्रसाद श्रेष्ठले ६४ जनालाई पछाडि पार्दै १ घन्टा १४ मिनेट ५२ सेकेन्डमा दुरी पार गरी प्रथम भए । श्रेष्ठले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु २० हजारको प्राप्त गरे । त्यस्तै १ घन्टा १५ मिनेट ५२ मिनेटमा दौड पूरा गर्दे भीरकोटका गणेश गुरुङले दोस्रो हुँदै मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु १५ हजार हात पारे भने १ घन्टा १७ मिनट २३ दौड पूरा गर्दै तृतीय बनेका बिरुवाका रुद्रबहादुर भुजेलले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले उद्घाटन गरेका सो दौड प्रतियोगिताका विजेता तथा सहभागी धावकलाई सांसद तथा कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद मरासिनी, गण्डकी प्रदेश सभा सदस्य दिपक चर्ती मगर, पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा मेजर कृष्ण आले मगर, जिल्ला समन्वय समिती स्याङ्जाको अध्यक्ष सीता सुन्दास लगायतले पुरस्कार बितरण गरेका थिए ।

सो अबसरमा बोल्दै ग्रामिण क्षेत्रमा आयोजित राष्ट्रिय स्तरको दौड प्रतियोगिताले पर्यटन पर्बद्धनमा सहयोग पु¥याउनले उल्लेख गर्दै आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।सो दौड कोल्माको बराहचौरबाट सुरु भई काहुले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर बिसौना, पोखरीछाप हुदै ओडारे, खुदी, मड्किना भञ्ज्याङ्, बराहखोला हुदै पुन कोल्मा बराहचौरमा आएर सम्पन्न भएको थियो ।

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुुरुङको सपापतित्वमा सम्पन्न कार्यक्रममा एन आर एन बेलायतका युवा संयोजक एल बि जेड गुरुङले धन्यवाद मन्तब्य र पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने मञ्चका महासचिब मन बहादुर थापामगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...