www.tandavnews.com
Fact ~ In search of truth

स्पर्स लघुवित्तको अर्धबार्षिक समिक्षा गोष्ठी

पोखरा ।

स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक बर्ष २०७५÷०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

शनिबार बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको यस आर्थिक बर्षको अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौती, अवसरहरु, वित्तीय संस्थाको यस आर्थिक बर्षको लक्ष्य तथा यसको प्राप्तीका रणनीति आदिका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

वित्तीय संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति,रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए । वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धक हरुलाई पुरस्कृत समेत गरेको थियो ।

वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.