www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र बुलबुल आजबाट देशभर प्रदर्शनमा

काठमाडौँ ।

मौलिक कथावस्तु र फरक प्रचारशैलीका कारण चर्चामा रहेको चलचित्र बुलबुल आजबाट देशभर प्रदर्शनमा आएको छ । बितरकका अनुसार काठमाडौंका ३० भन्दा धेरै मल्टिप्लेक्स र काठमाडौ बाहिर ६० भन्दा धेरै हलमा बुलबुल एकसाथ प्रदर्शन हुन लागेको हो ।

स्वस्तिमा खडकाले टेम्पो चालकको भुमिका निर्वाह गरेको खवरले निर्माण घोषणादेखिनै यो चलचित्र आमदर्शक र मिडियाको नजरमा परेको थियो

Batas

सार्वजनिक गरिएका टिजरहरु,ट्रेलर र दुई गीतको मौलिकताका कारण पनि यस चलचित्र धेरैको लागि प्रतिक्षित बनेको हो । नेपालको एकमात्र सिनेमा कलेज ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेलको लेखन एवं निर्देशन रहेका कारण पनि बुलबुलबाट सिनेकर्मीले पनि विशेष अपेक्षा राखेका छन् ।

पौडेलले विगतमा चलचित्र साँघुरो लेखन मार्फत राष्ट्रिय चलचित्र पुरस्कारनै प्राप्त गरेका थिए । चलचित्रका मुख्य निर्माता अविरल थापा पनि पत्रकारिता पढाई हुने पोलिगन कलेजका प्रिन्सिपल हुन् । प्राज्ञिक व्यक्तिहरुको चलचित्र निर्माणमा आगमनका कारण पनि धेरैले यस चलचित्रलाई विशेष तरिकाले लिईरहेकाछन् ।

चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वर,उदगम परियार र कोशिस क्षेत्रीको संगीत,कोशिस क्षेत्री र मनिकला पौडेलका गीत ,कविराज गहतराजको नृत्य रहेको छ । चलचित्रका कार्यकारी निर्माता रामराजा पौडेल हुन भने अनिमेष सापकोटाको सम्पादन र सुसन प्रजापतिकोे छाँयाकन रहेको छ ।

चलचित्रमा स्वस्तिमाका अलावा नवअभिनेता मुकुन भुषालको अभिनय छ जो चोपेन्द्र नामक पात्र मार्फत प्रदर्शन अगावै चर्चामा आईसकेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.