www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघले पायो नयाँ नेतृत्व, नारायण कोईराला अध्यक्षमा निर्वाचित

पोखरा,
ताण्डव न्यूज ।

प्रतिष्पर्धी विन्दु कोईराला सुवेदीलाई ४१० को मत अन्तरले पराजित गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोईराला विजयी भएका छन् ।

संघको ३३ औं महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानको नतिजा अनुरुप कोईराला आगामी २ वर्षे कार्यकालका लागि विजयी भएका हुन् । आइतबार घोषणा गरिएको मतपरिणाम अनुसार नारायणले १३ सय ७५ मत पाउँदा बिन्दुले ९ सय ६५ मत प्राप्त गरेका छन् ।

Batas

अधिवेशनबाट संघमा ४ जना उम्मेदवार भने निर्विरोध भए । वरिष्ठ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चुनिएका हुन् । पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन् । प्रजापति नारायण कोइरालाको प्यानलका उम्मेदवार हुन् ।

संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की निर्वाचित भएका छन् । उनी विन्दु कोइराला सुवेदी प्यानलका हुन् । कार्कीले नारायण प्यानलकी चिनु गुरुङलाई पराजित गरेका हुन् ।

यसैगरी वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल निर्वाचित भएका छन् । उनले विन्दु कोइरालाको प्यानलका सोवित पौडेललाई पराजित गरेका थिए ।
यस्तै महासचिवमा विन्दुको प्यानलका धनराम बराललाई पराजित गर्दै नारायणको प्यानलका सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भएका छन् । आचार्यले विन्दुको प्यानलका तारानाथ ढुंगानालाई पराजित गरेका हुन् ।

हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत भएका हुन् ।
संघको उपमहासचिवमा केशवबहादुर खत्री निर्वाचित भएका छन् । खत्रीले विन्दुको प्यानलका धर्मराज बर्तोलालाई पराजित गरेका हुन् ।

संघको सदस्य पदमा नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदनबाहदुर कोइराला, र हरिराज पन्त विजयी भएका छन् । विन्दुको प्यानलबाट भने पवित्रादेवी गुरुङ विजयी भएकी छिन् ।

आ–आफ्नै प्यानल घोषणा गरेर चुनाव होमिएका नारायण र बिन्दुका कुनैपनि प्यानलमा नरहेकाहरुले पनि यस पटकको निर्वाचनमा जीत हासिल गरेका छन् । यसरी विजयी हुने कार्यसमिति सदस्यमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांग रहेका छन् । स्वतन्त्र र निर्विरोध बाहेक चुनावमा नारायण कोइराला प्यानल हाबी भयो ।

यसअघि ३१ औँ महाधिवेशनमा समेत अध्यक्षको उम्मेद्वार बनेका कोईराला ४११ मत ल्याउँदै पराजित भएका थिए । भाँडा व्यवसायी समेत रहेका कोईराला संघको ३२ औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.