www.tandavnews.com
Fact ~ In search of truth

थपिदैँ कुष्ठरोगी,वर्षेनी तीन हजार नयाँ बिरामी

काठमाडौँ ।

सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् ।

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरुमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा .महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि विस्तारै नशा फुल्दै जान्छ । ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशारोगको नै उपचार हुने उनले बताए । कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा .साहले बताए । उनका अनुसार रोगको कटाणु शरीरमा प्रवेश गरेरसमेत दाग नदेखिनु चुनौतीका रूपमा रहेको छ । उनले भने, “किटाणु फैलिएर बिरामी अङ्गभङ्ग भएपछि मात्रै बिरामी उपचारका लागि आइपुग्छन् ।”

कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि दाग देखिनेसँगै अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, आँखीभौ पहिले पातलो हुँदै झर्न थाल्ने अस्पतालले जनाएको छ । बिरामीमा विस्तारै हातखुट्टा लत्रने, शरीरमा नदुख्ने घाउ देखा पर्ने हुँदै अन्तमा बिरामी सामान्य कामसमेत गर्न नसक्ने हुने डा .साहले बताए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.