www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकपको तयारी पूरा

पोखरा ,
ताण्डव न्यूज ।

१७ औँ संस्करणको आहा रारा गोल्डकपको तयारी पूरा भएको आयोजक साहरा क्लब पोखराले जनाएको छ । मोफसलमा नै चर्चित गोल्डकप आहा राराको यस संस्करण आगामी फागुन ९ देखि १८ गते सम्म पोखरा रंगशालामा चल्नेछ । हिमश्री फुड्स प्रालीको उत्पादन रारा चाउचाउको प्रायोजनमा आहा रारा गोल्ड कप हुदैँ आइरहेको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ गोल्डकपको तयारी पुरा भएको आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए । यस वर्षको आहा रारा गोल्डकप विजेताले आठ लाख एक हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउने साहरा क्लबका अध्यक्ष केशब बहादुर थापाले जानकारी दिए । त्यस्तै उप विजेता टिमले चार लाख एक हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछ । यस वर्षको गोल्डकको विभिन्न विधाको पुरस्कारहरुको प्रायोजक पनि टुंगो लागिसकेको आयोजकले जनाएको छ ।

Batas

उप विजेताको नगद पुरस्कारको प्रायोजन हिमाअस् एजुकेशन कन्सल्टेन्सीले गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा अप्रिला स्कुटर भने डी लाईफ स्टाईल्स प्राली काठमाण्डौंले प्रायोजन गरेको छ । वेष्ट अफ फाईफ विधा तर्फको पुरस्कार साहरा क्लबको सल्लाहकार संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रायोजन गरेको छ । बेस्ट फाइभमा प्रत्येकलाई जनही नगद १५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिने बताइएको छ । यसै गरि सनराईज ड्राईभिङ्ग स्कुल प्रालीले सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद २५ हजारको साथमा ट्रफि र प्रमाण पत्र प्रदान गर्नेछ ।

त्यस्तै सहभागि प्रत्येक क्लबलाई एक खेल खेले वापत अतिरिक्त प्रोत्साहन रकम दिने आयोजक संस्थाको निर्णय अनुसार प्रि–क्वाटर विजेता टिमलाई २० हजार रुपैयाँ र पराजित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।त्यस्तै क्वाटर फाईनल विजेता टिमलाई ३० हजार रुपैयाँ र पराजित टिमलाई २० हजार रुपैयाँ, सेमिफाईल विजेता र पराजित दुवै टिमलाई ५० हजार रुपैयाँ रकम उपलब्ध गराईनेछ । साथै प्रतियोगितामा सहभागि टिमको दैनिक भत्ता र दुई तर्फी यातायात खर्च आयोजक संस्थाले बेहोर्नेछ ।

टिकट काटेर खेल हेर्न आएका दर्शकलाई विगतका वर्षहरुमा झैँ एक लाख रुपैयाँ बराबरको चाउचाउ निशूल्क वितरण हुने आयोजकले जनाएको छ । रेडबुलको उप- प्रायोजक, एक्स टेप स्र्पोट फेशन अफिसियल स्र्पोट वयर पार्टनर, लुम्बिनी विकास बैंक लि. अफिसियल बैंक, पोखरा महानगरपालिकाको संयोजन, नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, राखेप, एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, एन्फा कास्की, वेयन भेनु होटल होटल पार्टनर, फेयर प्ले रोयल ईन्फिलिड्, ईको पानी अफिसियल ड्रिकिङ्ग वाटर, गण्डकी मेडिकल क्लेज अफिसियल हस्पिटल, बुद्ध एयर अफिसियल एयरलाईन्स, बाबा हार्डवयर एण्ड सेनेटरीवयर, मुग्लाङ्ग रेष्टुरेष्ट मिडटाउन सभागृहचोक सहयोगी रहेका छन् ।

त्यस्तै एक्सन स्र्पोट् टेलिभिजन, एलजीटिभी, कोकाकोला, सानमिगल वियर, मेचि बस व्यवसायी प्राली, वल्ड लिङ्ग, नारायणी स्टिल विरगंज, कानुन व्यवसायी एवं समाजसेवी हङकङ निवासी देव गुरुङ्ग र सभासद राजिव गुरुङ्ग लगायतका संघसंस्था एवं ब्यक्तिहरु आरा रारा गोल्डकपको विशेष सहयोगीको रुपमा रहेका छन् ।

प्रतियोगिताको वेष्ट फाईभ, वेष्ट प्लेयर, फेयर प्ले, म्यान अफ दि म्याच, अफिसियल ट्रफि साथै मेडल एवं म्यान अफ दि म्याचको नगद ५ हजार रुपैयाँको व्यवस्थापन एवं प्रायोजन सहारा यूकेले गरेको छ । त्यस्तै प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये १ जना दर्शकलाई चौधरी ग्रुपको उत्पादन सिजी ईलेक्ट्रोनिक्सबाट एक थान सीजीटिभी प्रदान गरिनेछ । बाबा फाउण्डेशनबाट स्वच्छ हराभरा, पोखरा अभियानका साथ प्रत्येक दिन १÷१ थान ५ हजार बराबरको डष्टविन प्रदान गरिने बताइएको छ ।

यस प्रतियोगितामा गेट टिकट प्रत्येक प्रि–क्वाटरका खेलहरुको ८० रुपैयाँ, क्वाटर फाइनलको १००, सेमिफाईनल १५० र फाईनल खेलको २०० रुपैयाँ तोकिएको छ ।

गत वर्ष देखी राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एक जनालाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ मा ३५ हजार रुपैयाँको साथ प्रमाण पत्र,दोसल्लाको साथ सम्मान गर्ने गरिएको छ । उक्त पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गरेका छन् ।

यस वर्षको प्रतियोगिताबाट पनि वचत हुन आउने रकम सहारा क्लब पोखराद्धारा सञ्चातिल सहारा फुटबल एकेडेमी सञ्चानार्थ खर्च हुने क्लबले जनाएको छ । साथै विगतका वर्षमा झै यस वर्ष पनि प्रत्येक टिकटमा १ रुपैयाँ फुटबल खेल मैदान मर्मत सम्भारको लागि छुट्याइने क्लबले बतायो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक साहरा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच हुनेछ ।

यि हुन आहा रारा गोल्डकपमा सहभागि १० टिम

१. मनाङ्ग मस्र्याङ्गदी क्लब

२. त्रिभुवन आर्मी क्लब

३. नेपाल ए. पि. एफ. क्लब

४. नेपाल पुलिस क्लब

५. धरान फुटबल क्लब, सुनसरी

६. युनाईटेड सिक्किम फुटबल क्लब, भारत

७. थ्रिस्टार क्लब

८. सहारा क्लब पोखरा

९. धउफिन्स फेमिलि टिम फुटबल क्लब, क्यामरुन

१०. हिमालयन शेर्पा क्लब

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.