पोखरा
ताण्डव न्यूज ।
शिखर इन्स्योरेन्स कम्पनी लि. लेखनाथ शाखाले पोखरा ३२ का विमित जितबहादुर गुरुङलाई एक लाख ८० हजार ९ सय रुपैयाँ बराबरको बीमा दाबी भुक्तान गरेको छ ।
गुरुङको घरमा पार्किङ गरी राखेको अवस्थामा रहेको सवारी साधन चोरी भए बापत उक्त साधनको मूल्य बराबरको मंगलबार इन्स्योरेन्सले दाबी भुक्तानी गरेको हो । गुरुङले मित्र मिलन कृषि सहकारी संस्था लिमिटेडको लगानीमा उक्त स्कुटर किनेका थिए ।

मंगलबार शिखर इन्स्योरेन्स लेखनाथ शाखाका शाखा प्रबन्धक कुशल पौडेलले मित्र मिलन कृषि सहकारी संस्थाका प्रबन्ध निर्देशक रमण पौडेल मार्फत गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।
यस्तो अवस्थामा कम्पनीले यथाशीर्घ दाबी भुक्तानी गर्नु कम्पनीको उत्तरदायित्व रहेको र सोही बमोजिम दाबी भुक्तानी गरिएको शाखा प्रबन्धक कुशल पौडेलले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.