www.tandavnews.com
Fact ~ In search of truth

माग पूरा नगरे ग्यास उद्योगी आन्दोलनमा

काठमाडौँ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी सरकारलाई पटक-पटक जानकारी गराउँदा पनि सुनुवाइ नगरेकोले बाध्यतावश आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

Lama collectio News Middle

उनले चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहँुदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताए । सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका नीजि ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपता कायम गर्नुपर्ने, सिलिण्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery