www.tandavnews.com
Fact ~ In search of truth

सिर्जनशील नेता गुमायौं : मुख्यमन्त्री गुरुङ

पाेखरा । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर भएको निधन प्रति शोक वक्तव्य जारी गर्दै सिर्जनशील नेता गुमाएको बताएका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका १०सिस्नेभीरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी बुधबार पर्यटनमन्त्री अधिकारी सहित यति एयरलाइन्सका प्रवन्ध निर्देशक, स्थापित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के.सी. र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

Batas

शोक वक्तव्यमा मुख्यमन्त्री गुरुङले अधिकारीको निधनले अपुरणीय क्षेति भएको भन्दै विज्ञप्तीमा भनिएको छ– ‘गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको छ ।’

२०२६ बैशाख २२ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. ३३ भरतपोखरी, जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रका रुपमा जन्मिएका अधिकारी कास्की जिल्लाबाट २०६४ र २०७० सालमा संविधानसभा तथा २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विज्ञप्तीमा अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलता पूर्वक सम्पादन गर्नुका अलावा जनप्रतिनिधि, संसदको विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको राजकीय भूमिकामा समेत अव्वल सावित गरेको उल्लेख छ ।

राष्ट्र र पार्टीका खातिर अधिकारीले निर्वाह गरेको भुमिका सधैँ स्मरणीय र सम्मानयोग्य रहिरहने भन्दै मुख्यमन्त्री गुरुङले अधिकारीको योगदानको उच्च मुल्याङ्कन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवार र आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.