www.tandavnews.com
Fact ~ In search of truth

मादीमा फागुन २३ देखि विराट ज्ञान महायज्ञ

पोखरा ।

मादी गाउँपालिका–५ सुनपँदालीस्थित ओमकारेश्वर शिव मन्दिरमा यही फागुन २३ गतेदेखि ३० गतेसम्म श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुने भएको छ ।

ओमकारेश्वर शिवालय सेवा समितिको आयोजनामा हुन लागेको महायज्ञ छ फिटका १०८ वटा जलधारासहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यका साथ हुन लागेको हो ।

मन्दिर सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागिसमेत पहल गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।महायज्ञ सम्पन्न गर्न गठित मूल आयोजक समितिसहित विभिन्न २७ वटा उपसमितिले तयारी गरी रहेको छ ।

युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गर्ने महायज्ञबाट दुई करोड सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । कास्कीको प्राचीन मन्दिर भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.