www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको काज किरिया आज (मंगलबार) सकिँदै

पोखरा ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार ७ औं दिन आन सकिँदै छ । जन्म र मृत्युका हाम्रा संस्कारलाई समय अनुकुल बनाउनुपर्छ भन्ने अधिकारीको सोंच र इच्छा अनुसार उहाँको परिवारले ७ दिनमा काजकिरिया सक्न लागेको हो ।

अधिकारीको शवयात्रामा सहभागी र श्रद्धाञ्जली अर्पण गर्न प्रदर्शनी केन्द्र तथा रामघाटमा आउनु हुने सबैलाई मालेपाटनस्थित जनप्रियटोलमा मंगलबार दिनभर नै काजकिरिया समापनमा सहभागी हुन अधिकारी परिवारले आग्रह गरेको छ ।यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकारीको ७ औं दिनको पुण्य तिथिमा बिहान ८ बजे अधिकारी निवासमै श्रद्धाञ्जली सभा गरेको छ ।

Batas

मन्त्री अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा अधिकारीसहित ७ जनाको निधन भएपछि सरकारले फागुन १६ गते राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो । अधिकारीको राजकीय सम्मानमा साथ पोखराको सेतीनदी किनार रामघाटमा फागुन १७ गते अन्त्येष्टि गरिएको थियो ।

अन्त्येष्टि गर्नु अघि श्रद्धाञ्जली अर्पणका लागि अधिकारीको शव काठमाडौंको टुडिखेल र पोखराको प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.