www.tandavnews.com
Fact ~ In search of truth

सन्दीप बने ‘प्लेयर अफ द इयर’,पछि परे कप्तान पारस

पोखरा,
ताण्डव न्यूज ।

युवा क्रिकेटर सन्दीप लामिछानेले ‘प्लेयर अफ द इयर ’को उपाधि जित्न सफल भएका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई पछि पादैँ लामिछानेले वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । क्रिकेट खेलाडी संघ(सिप्यानले )वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येबाट एनसिसीएस –सिप्यान क्रिकेट अवार्ड प्रदान गरेको हो ।

Batas

प्लेयर अफ द इयर शीर्षकमा पाँच खेलाडी मनोनित भएका थिए जसमध्ये कप्तान पारस खड्का,सन्दीप लामिछाने,करण केसी,दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए । युवा क्रिकेटर लामिछानेले अवार्ड पाए अवार्डसँगै सन्दीपले एक लाख ३२ हजार रुपैयाँ प्राप्त गरे । लामिछाने अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा भएकाले उनको अवार्ड कप्तान खड्कालाई हस्तान्तरण गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.