www.tandavnews.com
Fact ~ In search of truth

पार्टी एकता प्रभावकारी बनाउने नेकपा गण्डकीको निर्णय

पाेखरा । 

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले तल्लो तहसम्मै पार्टी एकता प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको छ । बैठकले चैत १५ गतेभित्र जिल्लामा गठन भएको पार्टी संयन्त्रको बैठक गरी महानगर, नगर र गाउँपालिका स्तरमा एकिकरणको काम प्रभावकारी बनाउने निर्णय भएको हो ।

नेकपा एकिकरण भएको लामो समय वितिसक्दा समेत स्थानीय स्तरमा पार्टी एकताको काम अघि बढ्न सकेको थिएन । गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी विच एकता भएपनि जनवर्गीय संगठन, जिल्ला र स्थानीय स्तरमा एकताको काम अघि बढ्न सकेको थिएन ।

Batas

बैठकले गण्डकी प्रदेश भित्र तत्कालिन दुबै पार्टीको नाममा रहेका कार्यालयदेखि सम्पत्ती विवरण नेपाल कम्युनिष्ट पार्टीको नाममा ल्याउने निर्णय गरेको छ । सम्पत्ती एकिकरण गर्नका लागि कार्यदल गठन गर्न सकिने समेत निर्णय गरिएको नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले जानकारी दिए । उनका अनुसार पार्टी सदस्यतालाई एकिकृत गर्न समेत तिब्रता दिइने भएको छ ।

बैठकले चैत तेस्रो साताभित्र प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको तर्फबाट विजयी भएका जनप्रतिनिधी र राजनीतिक नियुक्ती पाएका व्यक्तिलाई लेबी तोक्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सह– इन्चार्ज खगराज अधिकारीको विशेष उपस्थितिमा बसेको बैठकमा पार्टीका प्रदेश अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा बसेको थियो ।

बैठकले फागुन १८ गते निधन भएका नेता, पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित समेत गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.