पोखरा
ताण्डव न्यूज ।
पोखरा गणेश टोल बस्ने जसुधा पौडेलले करिब १० करोड बढि रकम खाएर भागेको खुलासा भएको छ ।
केही सहकारी, आफन्त र साथीहरुसँग गरि उनले १० करोड बढि रकम लिएर फरार भएकी हुन् । करिब एक साता अघि देखी जसुधा सम्पर्क विहिन छिन् ।

स्रोतका अनुसार सहकारीहरुमा ५ करोड भन्दा धेरै, ढुकुटी रकम ३ करोड भन्दा धेरै र सापटीको रुपमा २ करोड रकम पौडेलले लिएकी हुन् ।
जसुधाले धेरै ठाँउमा लगानी गरेकी थिइन् तर कुनै पनि व्यवसायीमा सफल हुन भने सकेकि थिइनन् ।
महत्वकांक्षी स्वभावले जसुधालाई डुबाएको उनका एक निकट मित्रले बताईन् । ‘पछिल्लो समय धेरै व्यवसायीमा लगानी गरिन्,’ उनले भनिन्, ‘सहकारी र बैकका मान्छेहरु ठगिमा परेका छन् ।’
करोडौँ रकम ठगि गरेर भागेपनि पौडेल विरुद्ध एक जनाले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छैनन् । यस विषयमा कुनै उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.