www.tandavnews.com
Fact ~ In search of truth

‘सहकारी मैत्री कानुनहरु बनिरहेका छन् ‘

पाेखरा
ताण्डव न्यूज । 

सहकारीमा सर्वसाधरणको आर्कषण किन छ ?

सहकार्य गर्नु नै सहकारी हो । हरेक व्यक्तिहरु मिलेर आ–आफ्नो आवश्यकता पूरा गर्नको लागि सहकार्य गर्ने माध्यम सहकारी हो । हरेक आवश्यकता पूरा गर्नलाई सहकारीको माध्यमबाट सम्भव छ । सर्वसाधरणलाई सानासाना व्यापार व्यवसाय, कृषिको माध्यमबाट आत्मनिर्भर बनाउनका लागि सहकारीले मद्दत पु¥यारहेको छ त्यसैले पनि सहकारीमा सर्वसाधरणको आर्कषण बढ्दो छ ।

Batas

सहकारीका समस्या के–के हुन् ,समस्या समाधानका लागि के –कस्ता पहल भइरहेको छ ?

मुख्यतया सहकारीका समस्या भनेको ऐन कानुन हो । ऐनकानुनहरु बनिरहेको अवस्था छ । सहकारी अझै उत्पादमुखी बन्न सकिरहेको छैन । उत्पादन भएका उत्पादित वस्तुको व्यवस्थित बजारीकरण हुन सकेको छैन । यो नै सहकारीका समस्या हुन् । यसका लागी पहल भइरहेको छ । उत्पादित वस्तुलाई सुरक्षित बजारको लागि पहल भइरहेको छ । सहकारी संस्थामा पर्ने समस्याहरुलाई विधिवत रुपमा कानुन बनाउने ठाउँमा पु¥याउने काम भइरहेको छ ।

सहकारीका स्थानीय र प्रादेशिक ऐन कस्तो छ ?

अहिले सम्म सहकारीका राम्रै ऐन आएको छ । ऐन कानुहरु बनिरहेको छ । संघीय कानुन आएको छ । नियमावली आउन बाँकी छ । प्रदेश र महानगरको कानुन आएको छ नियमावली आउन बाँकी छ । सहकारी मैत्री कानुनहरु बनिरहेका छन् ।

सहकारीलाई समृद्धि तर्फ लैजान के गर्नुपर्ला ?

सहकारीलाई समृद्धितर्फ लैजान सर्वप्रथम सहकारीलाई उत्पादनशील बनाउनु पर्छ । निष्क्रिय रहेको पुँजीलाई परिचालन गरेर, निष्क्रिय रहेको सिप ज्ञानलाई परिचालन गर्न सक्यौ भने सहकारीको समृद्धि सम्भव छ । सबैलाई गोलवद्ध गरेर यसमा आवद्ध सदस्यहरुको ज्ञान र प्रविधिलाई उजागर गरी उत्पादशील क्षेत्रमा लगाएर उत्पादन वृद्धि गर्दै रोजगार सिर्जना गर्न सके सहकारी समृद्धिमा पुग्न समय लाग्दैन ।

अन्त्यमा ६२ औँ सहकारी दिवस मनाइरहँदा तपाई के भन्नुहुन्छ ?

देशैभरि ६२ औँ राष्ट्रिय दिवस मनाइरहँदा सबै सहकारीकर्मीहरुले आफूलाई अझै निखार्दै, अनुशासित बनाउँदै अगाडि बढाउनुपर्छ । के काम गर्दा हाम्रा सदस्यको हित हुन्छ, सदस्यहरुको आर्थिक र समाजिक समृद्धितर्फ हामी केन्द्रित हौँ यही भन्छु ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.