पोखरा ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकारले स्पोर्टस एकेडेमीको अवधारणा अगाडि बढाएको बताएका छन् । नेपाल कुँरास एशोसिएयशनद्धारा आज आयोजित अन्तर्राष्ट्रिय कुँरास रेफ्री गोष्ठीको उद्घाटन सत्रमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताए ।
सो अवसरमा पश्चिामाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले कुँरास खेलको सम्भावना धेरै छ भन्दै अन्तरराष्ट्रिय रेफ्रीको पोखरा गोष्ठीले यस क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । कुवेत कुँरास सङ्घका अध्यक्ष हमिद फर्मानले नेपालमा भएको अन्तरराष्टिय सेमिनारले यस खेलको विकास र प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

गोष्ठीमा नेपाल, हङकङ, ताइवान, थाइल्याण्ड, इण्डोनेशिया, कुवेत, अफगानिस्तान, कजाकस्तान र पाकिस्तानका २२ रेफ्रीको सहभागिता रहेको सङ्घका नेपाल अध्यक्ष ध्रुव न्यौपानेले जानकारी दिए। नेपालमा २०१६ मा खेलकुद सङ्घमा दर्ता भएको सो खेलले सन् २००३ देखि एशियन च्याम्पपियनशिपमा सहभागी भएर प्रवीणकाजी श्रेष्ठले तेस्रो पदकसमेत जितेका छन् ।
यही चैत २० र २१ गतेसम्म हुने गोष्ठीमा खेलका विविध पक्षको बारेमा छलफल गरिने बताइएको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.