पोखरा ,
ताण्डव न्यूज ।
प्रसिद्ध संगीतकार गायक एवम् गितकार बि.बि अनुरागिको रचना तथा सङगीतमा चर्चित लोक तथा दोहोरी गित गायिका तुलसी श्रेत्रीको चामल चौलनी गितको म्युजिक भिडियो आज लोकार्पण भएको छ ।
सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सांसद राजिव पहारी गायक प्रजापति पराजुली ओम फाउन्डेसनका अध्यक्ष उर्मिला खड्का लगायतले म्युजिक भिडियोको लोकार्पण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै सांसद पहारीले बि.बि अनुरागिको बारेमा कुरा गर्दा इन्द्रको अगाडी स्वर्गको व्याख्या गर्नु परेको बताए । बि. बि अनुरागिको नाम आफैमा काफी छ, उनले भने, जब म राजनिती श्रेत्रमा आफुलाइ स्थापित गर्दै थिए त्यो बेलामा अनुरागिले आफुलाइ गायन श्रेत्रमा परिचित गराइ सकेका थिए ।
कार्यक्रममा पाहारीले अबको चार बर्षमा घट्दो फेवातालको आकारलाई बढाउने काम गर्ने समेत बताएका छन । फेवातालको आकार बढाउने काम भइरहेको छ’ , उनले भने,‘ मेरो एउटैमात्र संकल्प हो फेवातालको आकार बढाएरै छाड्ने, जुन काम म गरेरै छाड्छु ।’
चामल चौलानीका गीतकार एवम प्रसिद्ध सँगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटनासँग सम्बन्धित रहेको बताए । गितले सामाजिक कथा बोकेको छ, उनले भने, गित अहिले अधिकाशं दर्शकले खोज्नी भन्दा फरक बिट्को छ ।
यस्तै प्राज्ञ एवम बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत चामल चौलानी एक सामाजिक चेतनामुलक गीत रहेको जनाए ।कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायिका एवम संचारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा जानकारी दिएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.