www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा राजेश हमाल, शिव परियार, मेलिना राई र प्रकाश सपुत एकै स्टेजमा

पोखरा ः अहिलेका सर्वाधिक चर्चामा रहेका नेपालका कलाकारहरु पोखराको एउटै स्टेजमा देखिने भएका छन् । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल, गायक शिव परियार, गायिका मेलिना राई र लोकदोहारी गायक प्रकाश सपुत आउँदो बैशाख ७ गते शनिबार पोखराको उद्योग बाणिज्य हलमा प्रस्तुत हुने भएका हुन् ।

‘सेभ द चिल्ड्रेन,सेभ द नेसन’ को आयोजनामा हुने साँगीतिक कार्यक्रममा उनिहरुको प्रस्तुति रहेन आयोजकले जानकारी गराएको छ । अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागी आयोजना गरिएको कार्यक्रममा नेपाल आईडलकी गोल्डेन माईक विजेता निलिमा थापामगर सहित लोकदोहोरी गायक चोलेन्द्र पौडेल, सन्तोष सुवेदी र सन्तोष बस्यालको पनि प्रस्तुति रहने संयोजक कमल पौडेलले जानकारी गराएका छन् ।
बलबालिका देशका कर्णदार हुन् । अनाथ तथा असहाय बालबालिकालाई पनि अभिभावकत्वको खाँचो पर्ने गर्छ । उनिहरुको समस्यालाई निर्मुल पार्नका निम्ति आफु र आफ्नो टिमले उक्त कार्यक्रमको आयोजना गरेको पौडेलको भनाई छ । कुनै नाफा आर्जन गर्ने हेतुले कार्यक्रम आयोजना नगरिएको पौडेल बताउछन् ।

‘नाफा कमाउनकै लागि कार्यक्रम गर्ने भए हाम्रो तयारी पनि विशाल हुन्थ्यो होला’,उनले भने,‘ यो विशुद्ध अनाथ र असहाय बालबालिकाको शिक्षा दिक्षालागि गरिएको कार्यक्रम हो ।’
पौडेलले नेपाल सरकारले पनि बालबालिकाको शिक्षादिक्षामा जोड गरिरहेको बताए । अहिले त हर मन्त्रीदेखि सामाजिक व्यत्तिले असहाय बालबालिकालाई साहारा दिइरहेका छन् । यस कार्यक्रम मार्फत नेपाल सरकारको यो लक्ष्य प्रति पनि टेवा पुग्ने उनको ध्यय छ । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने पौडेलले जानकारी गराए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.