www.tandavnews.com
Fact ~ In search of truth

हिरासतबाट पत्रकार गिरीले लेखे, ‘यो युद्धमा म एक्लो छैन सिंगो पत्रकारिता छ’

ताण्डव न्युज ।
समाचार लेखेकै आधारमा साइबर अपराधको मुद्धा खेपी रहेका ताण्डव न्युजका सम्पादक अर्जुन गिरीले आफु कत्ति पनि विचलित नभएको बताएका छन् । बुधबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन, ‘प्रहरीले पक्राउ र्गयो र मुद्दा चलायो भनेर पत्रकारिता प्रतिको मेरो आस्था किञ्चित रूपमा गिरेको छैन, बरू बढेको छ ।’

उनले पत्रकार महासंघ लगायत देशभरका पत्रकारहरुले यस मुद्धामा ऐक्यबद्धता जनाएको बताउँदै यो युद्धमा आफु एक्लो नरहेको र सिंगो पत्रकारिता जगत नै रहेको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन, ‘यो संघर्ष अर्जुन गिरीको होइन, पत्रकारितालाई साइबर अपराध ठहर गर्ने कि पत्रकारिता नै भन्ने हो । पत्रकारितामाथि प्रहार गर्न जबरजस्त थोपरिएको साइबर क्राइमको बञ्चरो हटाउन र आउँदा दिनमा कुनै पनि समाचार वा विचारलाई साइबर अपराको मुद्दा नचलाउने थिति बसाल्न हामी सबै पत्रकारहरू सफल हुनेछौं भन्ने विश्वास गरेको छु ।’

Batas

उनले पत्रकारिता साइबर अपराध होइन पत्रकारिता नै हो भनेर स्थापित गर्नै पर्ने संघर्ष रहेको पनि उल्लेख गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.