पाेखरा ।
ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएको हो । अन्य जिल्लामा पनि महासंघले धर्ना र ज्ञापनपत्र बुझाएको छ ।

ठगीको उजुरी परेका व्यवसायीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसक्नु तर त्यही विषयमा समाचार लेख्ने पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षप भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले साइबर क्राइमको मुद्दामा पत्रकारलाई दुःख दिने काम भएको भन्दै विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी रहने बताए। पत्रकार गिरीलाई विना सर्त रिहाइ गर्न माग गर्दै ढिलाई गरे अझै शसक्त आन्दोलनमा उत्रने उनले बताए।
प्रेस काउन्सिलमा दर्ता भएको अनलाइनलाई दर्ता नभएको सूचना दिने कर्मचारीमाथि छानबिन गरी कारवाही गर्न पनि आन्दोलनरत पत्रकारको माग छ।
प्रहरीले गिरीलाई २ वैशाखमा पक्राउ गरेको थियो । गिरीले २२ चैतमा व्यापारिक समूह बतास अर्गानाइजेसनका सञ्चालक बीपेन्द्रराज बतासको ठगीबारे समाचार प्रकाशित गरेका थिए । सोही समाचारको विषयलाई लिएर बतासले साइबर अपराध ऐन अन्तर्गत सिआईबीमा उजुरी थिए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.